عن أبي موسى الأشعري رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«مَنْ حَمَلَ عَلَيْنَا السِّلَاحَ فَلَيْسَ مِنَّا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 7071]
المزيــد ...

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 7071]

व्याख्या

मुस्लिमहरूलाई आतंकित गर्न वा लुटपाट गर्न हतियार उठाउने विरुद्ध रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चेतावनी दिनुभएको छ । जसले यो अन्यायपूर्ण काम गर्छ, उसले ठूलो अपराध र गम्भीर पाप गर्छ र यो कडा प्रतिज्ञाको हकदार हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. एक मुस्लिमले आफ्ना मुस्लिम दाजुभाइहरू विरुद्ध लड्ने बारे धेरै कडा चेतावनी ।
  2. धर्तीमा सबैभन्दा ठूलो निन्दनीय कार्य र ठूलो फसाद भनेको मुसलमानहरू विरुद्ध हतियार उठाउनु र हत्या गरेर फसाद फैलाउनु हो।
  3. उपरोक्त प्रतिज्ञाको दायरा भित्र विद्रोही र अराजकता फैलाउन उक्साउनेहरू विरुद्धको सही प्रकारको युद्ध समावेश छैन।
  4. उल्लेख गरिएको धम्कीमा न्यायसंगत युद्धलाई समेटिदैन, जस्तो कि विद्रोही र भ्रष्टाचार गर्नेहरू विरुद्धको युद्ध।
  5. हतियार आदि देखाएर मुस्लिमहरू लाई भयभीत र त्रसित गर्न पाइँदैन, चाहे त्यो मजाकको रूपमा नै किन होस् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)
थप