+ -

عَنْ عُمَرَ رضي الله عنه قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ لَبِسَ الحَرِيرَ فِي الدُّنْيَا لَمْ يَلْبَسْهُ فِي الآخِرَةِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5834]
المزيــد ...

उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले यस संसारमा रेशम लगाउँछ, उसले परलोकमा लगाउने छैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5834]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस संसारमा रेशमी कपडा लगाउने र तौबा (पश्चात्ताप) नगरी मर्ने पुरुषलाई परलोकमा सजायको रूपमा यो पहिरनबाट वञ्चित गरिने बताउनुभएको छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई रोमानियन الموري मालागासी ओरोमो कन्नड الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. रेशम भनेको शुद्ध प्राकृतिक रेशम हो । तर कृत्रिम रेशम हदीसमा समावेश गरिएको छैन ।
  2. पुरुषहरूका लागि रेशम लगाउन निषेध गरिएको छ ।
  3. रेशमी कपडा लगाउन निषेध मा यसलाई बिछाउने पनि समावेश छ ।
  4. पुरुषहरूले कपडामा केही रेशम प्रयोग गर्न अनुमति छ, त्यो पनि चौडाइमा दुई देखि चार औंलाहरू भन्दा बढी हुँदैन र कपडाको किनारा वा चिन्हको रूपमा मात्र प्रयोग गर्न सकिन्छ ।
थप