عَنْ أَبِي ذَرٍّ رَضِيَ اللَّهُ عَنْهُ أَنَّهُ سَمِعَ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«لاَ يَرْمِي رَجُلٌ رَجُلًا بِالفُسُوقِ، وَلاَ يَرْمِيهِ بِالكُفْرِ، إِلَّا ارْتَدَّتْ عَلَيْهِ، إِنْ لَمْ يَكُنْ صَاحِبُهُ كَذَلِكَ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6045]
المزيــد ...
अबुजर (रजियल्लाहु अन्हु)ले वर्णन गर्नुभएको छ: उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्नुभएको सुने:
«कुनै पनि मानिसले अर्कालाई पापी (फासिक) भनेर दोषी ठहराउनु हुँदैन, न त कफिर भनेर । यस्तो गरेमा यदि त्यो व्यक्ति भने जसो होइन भने उक्त दोष त्यसैको माथि फिर्ता जान्छ »।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6045]
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले चेतावनी दिनुभएको छ कि यदि कसैले अर्को व्यक्तिलाई भने: "तिमी फासिक (पापी) हौ " वा "तिमी काफिर (अविश्वासी) हौ " भने - त्यो व्यक्ति जस्तो भनिएको छ, त्यस्तो नभएको खण्डमा आरोप लगाउने व्यक्ति नै सो दोषको हकदार ठहरिन्छ, र उसले भनेको कुरा उसैमाथि फर्कन्छ। तर, यदि आरोप सत्य हो भने आरोप लगाउने व्यक्तिमाथि कुनै दोष फर्कँदैन, किनभने उसले सत्य बोलेको हुन्छ।