+ -

عَنْ جَابِرٍ رضي الله عنه قَالَ: سَمِعْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إِنَّ الشَّيْطَانَ قَدْ أَيِسَ أَنْ يَعْبُدَهُ الْمُصَلُّونَ فِي جَزِيرَةِ الْعَرَبِ، وَلَكِنْ فِي التَّحْرِيشِ بَيْنَهُمْ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2812]
المزيــد ...

जाबिर (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"निस्सन्देह शैतान यस कुराबाट निराश भइसकेको छ कि मुसलमानहरूले अरब प्रायद्वीपमा उसको उपासना गर्नेछन्। तर, उसको आशा मुसलमानहरूबीच फूट र विवाद उत्पन्न गर्न अझै जीवित छ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2812]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले खबर दिनुभएको छ कि इब्लीस (शैतान) निराश भईसकेको छ कि मुसलमान मोमिनहरु अरब प्रायद्वीपमा फेरि उसको उपासना गर्न वा मूर्तिलाई सज्दा गर्न फर्कनेछन्। तर, उसले अझै आशा राखिरहेको छ र आफ्नो प्रयास, फूट, झगडा, द्वेष, युद्ध, र फसादजस्ता कुराहरू फैलाउनमा लगाइरहेको छ।

हदीसका केही फाइदाहरू

  1. शैतानको उपासना भनेको मूर्तिको उपासना हो, किनभने मूर्तिपूजाको आदेश दिने र त्यसका लागि आमन्त्रित गर्ने शैतान नै हो। यसको प्रमाण अल्लाहको वाणीमा छ, जुन इब्राहिम (अलैहिस्सलाम) का सन्दर्भमा आयतमा उल्लेख छ: (हे पिता! शैतानको पूजा नगर्नुहोस् ....)।
  2. शैतान मुसलमानहरूबीच झगडा, द्वेष, युद्ध, र फसाद फैलाउन प्रयास गर्छ।
  3. इस्लाममा नमाजका फाइदाहरू मध्ये एक यो हो कि यसले मुसलमानहरू बीचको मित्रता र सम्बन्धलाई सुरक्षित राख्छ र उनीहरूबीचको भाइचाराको बन्धनलाई बलियो बनाउँछ।
  4. नमाज शहादतैन पछि धर्मका सबैभन्दा ठूलो चिन्हहरू मध्ये एक हो । यस कारणले नमाज पढ्ने मुसलमानहरूलाई सम्बोधन गरिन्छ।
  5. अरब प्रायद्वीपका अन्य देशहरूको तुलनामा विशेषताहरू छन्।
  6. यदि भनियो भने कि अरब प्रायद्वीपका केही भागमा मूर्तिपूजा भएको छ, र नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुहुन्छ: (निश्‍चयै शैतानले मुसलमानहरूले उसको उपासना गर्ने आशा त्यागिसकेको छ...) यो शैतानको दिलमा भएको निराशाको बारेमा खबर दिनु हो, जसले विजय र मानिसहरूको सामूहिक इस्लाम धर्मस्वीकार देखेर आफूलाई निराश देख्यो। त्यसपछि हदीसले शैतानको अनुमान र आशंका व्यक्त गरेको हो, तर वास्तवमा परिस्थिती त्यसको विपरीत रहनु अल्लाहको एक विशेष मंशा थियो।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली तमिल थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी
अनुवादहरू हेर्नुहोस्
थप