عن عائشة رضي الله عنها قالت:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَذْكُرُ اللهَ عَلَى كُلِّ أَحْيَانِهِ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 373]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 373]

व्याख्या

आइशा (रजियल्लाहु अन्हा) भन्छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको जिक्र गर्न धेरै उत्सुक हुनुहुन्थ्यो । उहाँ जहिले पनि हरेक समय, हरेक ठाउँ र हरेक अवस्थामा अल्लाहलाई याद गर्नुहुन्थ्यो ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहको जिक्र (स्मरण) को लागि सानो र ठूलो अपवित्रताबाट शुद्ध हुनु शर्त होइन ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) निरन्तर अल्लाहको जिक्र (स्मरण) गर्नुहुन्थ्यो ।
  3. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै हरेक परिस्थितिमा अल्लाहको धेरै जिक्र गर्न प्रेरणा । यद्यपि, ती अवस्थाबाहेक जसमा जिक्र गर्न निषेध गरिएको छ, जस्तै शौचालय जाँदाको अवस्थामा ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप