عَنْ أَنَسٍ رضي الله عنه أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِذَا تَوَضَّأَ أَحَدُكُمْ وَلَبِسَ خُفَّيْهِ فَلْيُصَلِّ فِيهِمَا، وَلْيَمْسَحْ عَلَيْهِمَا ثُمَّ لَا يَخْلَعْهُمَا إِنْ شَاءَ إِلَّا مِنْ جَنَابَةٍ».
[صحيح] - [رواه الدارقطني] - [سنن الدارقطني: 781]
المزيــد ...
हजरत अनस(रजियल्लाहु अन्हु) द्वारा वर्णन छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
जब तिमीहरूमध्ये कसैले वुजू गर्यो र खुफ लगायो भने, उसले तिनै खुफ लगाएर नमाज पढ्न सक्छ, अब तिनमा मसह (स्पर्श ) गर्दा भयो । त्यसपछि, यदि चाहयो भने (सिमित समय भित्र) नखोले हुन्छ, नुहाउनु पर्ने अवस्था बाहेक ।
[सही] - [दार कुतनीले वर्णन गरेका छन्] - [सुनन् दार कुत्नी - 781]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउनु भएको छ कि यदि कुनै मुसलमानले वुजू गरेपछि खुफ लगायो र त्यसपछि उसको वुजू टुट्यो र पुनः वुजू गर्न चाहन्छ भने, उसलाई खुफमा मस्ह (स्पर्श) गर्न अनुमति छ यदि उसले चाह्यो भने । उसले खुफ निकाल्नु आवश्यक छैन र एक निश्चित समय सम्म उसले खुफ लगाएर नमाज पढ्न सक्छ । तर यदि उसलाई स्नानको आवश्यकता पर्यो भने अनिवार्य रुपमा खुफ खोल्नु र खुट्टाहरू धुनु पर्छ ।