عَنِ ابْنِ عَبَّاسٍ رضي الله عنهما قَالَ:
مَرَّ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بِقَبْرَيْنِ، فَقَالَ: «إِنَّهُمَا لَيُعَذَّبَانِ، وَمَا يُعَذَّبَانِ فِي كَبِيرٍ، أَمَّا أَحَدُهُمَا فَكَانَ لاَ يَسْتَتِرُ مِنَ البَوْلِ، وَأَمَّا الآخَرُ فَكَانَ يَمْشِي بِالنَّمِيمَةِ» ثُمَّ أَخَذَ جَرِيدَةً رَطْبَةً، فَشَقَّهَا نِصْفَيْنِ، فَغَرَزَ فِي كُلِّ قَبْرٍ وَاحِدَةً، قَالُوا: يَا رَسُولَ اللَّهِ، لِمَ فَعَلْتَ هَذَا؟ قَالَ: «لَعَلَّهُ يُخَفِّفُ عَنْهُمَا مَا لَمْ يَيْبَسَا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 218]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो: " निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 218]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो कि यी दुई कब्रमा भएका व्यक्तिहरूलाई सजाय दिइँदैछ।; तिमीहरूलाई सानो लाग्ने कुरा नै यसको कारण हो, तर त्यो अल्लाहको नजरमा ठूलो दोष हो। यी दुई मध्ये एक जनाले पिसाब गर्दा आफ्नो शरीर र कपडालाई पिसाबबाट जोगाउन ध्यान दिँदैनथ्यो । र अर्को व्यक्तिले मानिसहरूबीच चुक्ली लगाउने तथा अरूलाई हानि पुर्याउने र उनीहरूका बीचमा कलह र मनमुटाव उत्पन्न गर्ने उद्देश्यले अरूका कुराहरू फैलाउने गर्थ्यो।

हदीसका केही फाइदाहरू

  1. चुक्ली गर्नु र पिसाबबाट नबच्नु ठूलो पाप हुन् र र यी कुरा चिहानको सजायका कारणहरूमध्ये एक हुन्। ।
  2. गैब (अदृश्य) को केही ज्ञान अल्लाहले आफ्ना नबीलाई प्रदान गर्नुभएको थियो, जस्तै चिहानको सजायको बारेमा । ताकि यो उहाँको लागि सत्य ईशदूत हुनको प्रमाण होस् ।
  3. दुईवटा हाँगाहरूलाई भाँचेर चिहानमा गाड्ने कार्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) को लागि विशेष छ । किनभने अल्लाहले उहाँलाई ती दुई चिहानहरूमा गाडिएका मानिसहरूको अवस्थाबारे जानकारी दिनुभएको थियो। त्यसैले उहाँसँग अरू कसैलाई तुलना गर्न सकिँदैन किनभने चिहानमा मानिसहरूको अवस्था कसैलाई थाहा छैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप