عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«مَنْ قَالَ: سُبْحَانَ اللهِ وَبِحَمْدِهِ، فِي يَوْمٍ مِائَةَ مَرَّةٍ، حُطَّتْ خَطَايَاهُ وَإِنْ كَانَتْ مِثْلَ زَبَدِ الْبَحْرِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6405]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6405]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले दिन र रातमा सय पटक 'सुब्हानल्लाहि व बिहम्दिहि' भन्छ भने उसका पापहरू माफ गरिन्छ र क्षमा गरिनेछन, चाहे त्यो समुद्रमा छालको समयमा देखा पर्ने सेतो फिज जती धेरै नै किन नहोस ।

हदीसका केही फाइदाहरू

  1. यो इनाम एकै पटक लगातार वा अन्तरालमा (बीच-बीचमा) पढ्ने दुबैलाई प्राप्त हुनेछ ।
  2. तस्बीहको अर्थ: अल्लाहलाई सबै दोष र कमजोरीहरूबाट मुक्त मान्नु र हम्द (प्रशंसा) भनेको उहाँलाई प्रेम र सम्मानका साथ हरेक हिसाबले परिपूर्ण मान्नु ।
  3. यस हदीसमा पापहरूको क्षमा गरिनुको अर्थात् साना पापहरूको क्षमा हो । ठूला पापहरूका लागि तौबा (पश्चात्ताप) आवश्यक छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (64)
थप