+ -

عَنْ عَبْدِ اللهِ بْنِ بُسْرٍ رضي الله عنه أَنَّ رَجُلاً قَالَ: يَا رَسُولَ اللهِ إِنَّ شَرَائِعَ الإِسْلاَمِ قَدْ كَثُرَتْ عَلَيَّ، فَأَخْبِرْنِي بِشَيْءٍ أَتَشَبَّثُ بِهِ، قَالَ:
«لاَ يَزَالُ لِسَانُكَ رَطْبًا مِنْ ذِكْرِ اللَّهِ».

[صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 3375]
المزيــد ...

हजरत अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ: एक जना मान्छेले भन्यो : हे अल्लाहका रसूल ! इस्लामका आदेशहरू धेरै भएकाले मलाई गार्हो भयो । तसर्थ मलाई कुनै यस्तो कुरा बताइ दिनु होस् कि जो म सजिलोगरि समात्न सकूँ । उहाँले भन्नु भयो :
"सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र ( जपन/ ध्यान)मा लागेको होस् ।"

[सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3375]

व्याख्या

एक जना मान्छेले नबी-ए-करीम (सल्लल्लाहु अलैहि वसल्लम)सित गुनासो गर्यो कि उसलाई नफ्ली उपासनाहरू यति धेरै लाग्छन् कि कमजोरीका कारण पूरा गर्न सक्दैन । त्यस पछि उसले अनुरोध गर्यो कि कुनै सानो यस्तो काम बताइ दिनु पर्यो जसले धेरै सवाब ( प्रतिफल) मिलोस् र उसले त्यसलाई बलियोसित समात्न पनि सकोस् ।
सो अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले उसलाई यसको तरिका बताउनु भयो कि निरन्तर उसको मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस् । जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह,अस्तग्फिरुल्लाह आदी दुआहरू सम्मिलित छन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई जर्मन पुश्तु असमिया अम्हारिक डच गुजराती किर्गिज रोमानियन मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अल्लाहको जिक्रमा निरन्तरता दिने विशिष्टता
  2. अल्लाहको ठूलो कृपा मध्ये उहाँले यसका लागि कल्याण(भलो) हुने साधनहरूको जोहो गरि दिनु भएको छ ।
  3. भलाई र पुण्यका कामहरूमा मान्छेहरू एक अर्का भन्दा बेग्लै दर्जाहरू भएका हुन्छन् ।
  4. धेरै भन्दा धेरै र मन लगाएर सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, ला इलाह इल्लाल्लाह, अल्लाहु अक्बर आदी भन्नु कैयौँ नफील उपासनाहरू भन्दा उत्तम हुन्छ ।
  5. उहाँले(सल्लल्लाहु अलैहि वसल्लम), प्रश्नकर्तालाई उसलाई उपयुक्त हुने कुरा ध्यानमा राखेर जवाफ दिनु ।
थप