عَنِ ابنِ مَسعُودٍ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا يَحِلُّ دَمُ امْرِئٍ مُسْلِمٍ إِلَّا بِإِحْدَى ثَلَاثٍ: الثَّيِّبُ الزَّانِي، وَالنَّفْسُ بِالنَّفْسِ، وَالتَّارِكُ لِدِينِهِ المُفَارِقُ لِلْجَمَاعَةِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1676]
المزيــد ...

इब्न मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा। पहिलो, विवाहित भएर व्यभिचार गर्ने व्यक्ति; दोस्रो, जसले कुनै निर्दोष मानिसको हत्या गर्छ (किसास); र तेस्रो, जसले आफ्नो धर्म त्याग्छ र मुस्लिम समुदायबाट अलग हुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1676]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ, मुस्लिमको रगत (ज्यान) तीन विशेष अवस्थाहरूमा बाहेक हराम (अवैध) छ: पहिलो: जसले वैध रूपमा विवाहपछि व्यभिचार गरेको छ, उसलाई ढुङ्गाले हानेर मार्ने विधान छ। दोस्रो: जसले जानाजानी र नाजायज रूपमा कुनै निर्दोष व्यक्तिको हत्या गरेको छ; शर्तहरू पूरा भएमा उसलाई पनि मारिनेछ। तेस्रो: मुस्लिम समुदायबाट बाहिरिने व्यक्ति — चाहे उसले धर्मत्याग गरेर पूरा इस्लाम त्यागेको होस्, वा धर्मत्याग नगरी यसको केही अंश त्यागेको होस्, जस्तै — विद्रोहीहरू, बाटो काट्ने डाकुहरू र खवारिज जस्ता लडाकुहरू।

हदीसका केही फाइदाहरू

  1. यी तीन कार्यहरू गर्नु वर्जित छ र जसले यीमध्ये कुनै एक गर्दछ, ऊ मृत्युदण्डको योग्य हुन्छ: या त कुफ्र (अविश्वास) को कारणले, जब व्यक्ति धर्मत्यागी (मुर्तद) हुन्छ; वा 'हद' (शरीअतद्वारा निर्धारित दण्ड) को कारणले, चाहे त्यो विवाहित व्यभिचारीको दोष होस्, वा जानाजानी हत्या गर्ने अपराध होस्।
  2. इज्जत र सम्मानको संरक्षण र यसको शुद्धता कायम राख्नु अनिवार्य छ।
  3. मुस्लिमको सम्मान अनिवार्य र उसको (ज्यान) सुरक्षित छ।
  4. यस हदीसमा मुस्लिम समुदाय (जमाअत) सँग एकजुट रहन र उनीहरूबाट अलग नहुन प्रोत्साहन दिइएको छ।
  5. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शिक्षण उत्कृष्ट थियो, किनकि उहाँका शब्दहरू कहिलेकाहीं विभाजनको रूपमा आउँथे; किनभने विभाजनले मुद्दाहरूलाई सीमित र संयोजन गर्दछ र स्मरण गर्न सहज बनाउँछ।
  6. अपराधीहरूलाई निरुत्साहित गर्न, समाजलाई अपराधबाट जोगाउन र संरक्षण गर्न अल्लाहले हद (दण्ड) तोक्नुभएको छ।
  7. यी हद (सजाय) हरूको कार्यान्वयन शासक (वली अल-अम्र) को विशेष अधिकार परिधि भित्र पर्दछ।
  8. मृत्युदण्डका कारणहरू धेरै छन्, तर ती सबै अन्ततः उक्त तीन उल्लेखित सीमाभित्रै रहन्छन्। इमाम इब्नुल-अरबी अल-मालिकीले भन्नुभएको छ, (ज्यान मार्ने सजाय) कुनै पनि अवस्थामा यी तीन कारणहरूबाट बाहिर जान सक्दैन । जसले जादू गर्छ वा अल्लाहका कुनै पनि सन्देशवाहकको अपमान गर्छ, उसले वास्तवमा "कुफ्र" गरेको हुन्छ; त्यसकारण ऊ "धर्म त्याग्ने" श्रेणीमा पर्छ।'
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (48)
थप