عن أبي سعيد الخدري رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«لَا ضَرَرَ وَلَا ضِرَارَ، مَنْ ضَارَّ ضَرَّهُ اللَّهُ، وَمَنْ شَاقَّ شَقَّ اللَّهُ عَلَيْهِ».

[صحيح بشواهده] - [رواه الدارقطني] - [سنن الدارقطني: 3079]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउन अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।"

[शवाहिद (गवाहहरु) ले गर्दा सही हो] - [दार कुतनीले वर्णन गरेका छन्] - [सुनन् दार कुत्नी - 3079]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसैलाई पनि हानि नपुर्याउनु आदेश दिनुभएको छ। त्यसैले नत आफुलाई यातना दिन पाइन्छ, नत अरुलाई दुःख दिन पाइन्छ । दुवै कुरा उत्तिकै अवैध हुन् ।
हानिको बदलामा हानि गर्न अनुमति छैन; किनकि हानिको क्षतिपूर्ति हानिले हुँदैन । किसास (ज्यानको बदला ज्यान) लिदा पनि ज्यादती गर्ने अनुमति छैन।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले मानिसहरूलाई हानि पुर्‍याउँछ, उसले आफैलाई हानि गर्नेछ र जसले मानिसहरूलाई कठिनाइमा पार्छ, उसले आफैलाई कठिनाइहरू भोग्नेछ भनेर चेतावनी दिनुभयो ।

हदीसका केही फाइदाहरू

  1. जति नोक्सानी भएको छ, त्यो भन्दा बढी बदला लिन निषेधित गरिएको छ ।
  2. अल्लाहले आफ्ना सेवकहरूलाई हानि पुऱ्याउने कुनै पनि काम गर्न आदेश दिनुभएको छैन ।
  3. वचन, कर्म वा छोडेर हानि वा चोट पुर्‍याउन निषेध।
  4. मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ । तसर्थ, जसले अरूलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्टमा पार्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुन्छ ।
  5. शरियतको एउटा सिद्धान्त छ "हानी लाई समाप्त पार्नु पर्छ ।" शरियतले हानिलाई स्वीकार गर्दैन, बरु हानिको अन्त्य गर्दछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)