+ -

عن أبي سعيد الخدري رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«لَا ضَرَرَ وَلَا ضِرَارَ، مَنْ ضَارَّ ضَرَّهُ اللَّهُ، وَمَنْ شَاقَّ شَقَّ اللَّهُ عَلَيْهِ».

[صحيح بشواهده] - [رواه الدارقطني]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउनु अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।"

सही - इब्ने माजहले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसैलाई पनि हानि नपुर्याउन आदेश दिनुभएको छ । त्यसैले नत आफुलाई यातना दिन पाइन्छ, नत अरुलाई दुःख दिन पाइन्छ । दुवै कुरा उत्तिकै अवैध हुन् ।
हानिको बदलामा हानि गर्न अनुमति छैन; किनकि हानिको क्षतिपूर्ति हानिको माध्यमबाट किसास (प्रतिशोध) बाहेक अनुमति छैन, त्यो पनि दमन र अतिक्रमण नगरिकन ।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले मानिसहरूलाई हानि पुर्‍याउँछ, उसले आफैलाई हानि गर्नेछ र जसले मानिसहरूलाई कठिनाइमा पार्छ, उसले आफैलाई कठिनाइहरू भोग्नेछ भनेर चेतावनी दिनुभयो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. जति नोक्सानी भएको छ, त्यो भन्दा बढी बदला लिन पाइँदैन ।
  2. अल्लाहले आफ्ना सेवकहरूलाई हानि पुऱ्याउने कुनै पनि काम गर्न आदेश दिनुभएको छैन ।
  3. आफ्नो बोली वा कर्मबाट वा कुनै काम गरेर वा छोडेर कसैलाई हानि पुर्‍याउन अनुमति छैन, न त बदलामा हानि पुर्‍याउन अनुमति छ।
  4. मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ । तसर्थ, जसले अरूलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्टमा पार्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुन्छ ।
  5. शरियाको एउटा सिद्धान्त भनेको "हानि हटाइनेछ ।" शरियतले हानिलाई स्वीकार गर्दैन, तर हानिको अन्त्य गर्दछ ।