+ -

عَنْ ‌أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِذَا وَجَدَ أَحَدُكُمْ فِي بَطْنِهِ شَيْئًا، فَأَشْكَلَ عَلَيْهِ أَخَرَجَ مِنْهُ شَيْءٌ أَمْ لَا، فَلَا يَخْرُجَنَّ مِنَ الْمَسْجِدِ حَتَّى يَسْمَعَ صَوْتًا، أَوْ يَجِدَ رِيحًا».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 362]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 362]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब नमाज पढ्ने व्यक्तिलाई आफ्नो पेटमा केही महसुस हुन्छ र हावा खुस्केको छ वा छैन निश्चित छैन भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म नमाज छोडेर पुनः वुजू गर्न बाहिर जानु पर्दैन । किनभने शङ्काको आधारमा निश्चित कुरा अमान्य हुँदैन र यहाँ पवित्रता निश्चित कुरा हो, जबकि वुजू भङ्ग भयो कि भएन शंकास्पद कुरा हो ।

हदीसका केही फाइदाहरू

  1. यो हदीस इस्लामको आधारहरू मध्ये एक हो । यसमा 'इस्लामिक फिकह' को एक सिद्धान्त प्रस्तुत गरिएको छ । सिद्धान्त के हो भने शंकाको आधारमा निश्चित कुरा अमान्य हुँदैन र विपरित कुरा प्रमाणित नहुन्जेल यथास्थिति कायम रहिरहन्छ ।
  2. शङ्काले पवित्रता (तहारत) मा कुनै असर गर्दैन र वुजू भंग भएको निश्चित नभएसम्म पवित्रता बाँकि रहन्छ ।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्