عَنْ ‌عَبْدِ اللهِ بْنِ زَيْدٍ رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ تَوَضَّأَ مَرَّتَيْنِ مَرَّتَيْنِ.

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 158]
المزيــد ...

अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 158]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहिलेकाहीँ वुजूका सबै अंगहरू दुई-दुई पटक धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि समावेश छ), आफ्ना दुबै हात र दुबै खुट्टा दुई-दुई पटक धुनुहुन्थ्यो ।

हदीसका केही फाइदाहरू

  1. वुजूका अंगहरू एकपटक धुनु वाजिब हो र एक भन्दा बढी धुनु मुस्तहब हो ।
  2. कहिलेकाहीँ दुई-दुई पटक वुजूका अंगहरू धुनु जायज हो ।
  3. टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)