عَنِ ‌ابْنِ عَبَّاسٍ رضي الله عنهما قَالَ:
تَوَضَّأَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مَرَّةً مَرَّةً.

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 157]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 157]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू गर्दा कहिलेकाहीँ सबै अंगहरू एक पटक मात्र धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि समावेश छ), आफ्ना दुबै हात र दुबै खुट्टा एक-एक पटक धुनुहुन्थ्यो । वास्तवमा, एक-एक पटक धुनु अनिवार्य हो ।

हदीसका केही फाइदाहरू

  1. वुजूका अंगहरू एकपटक धुनु वाजिब हो र एक भन्दा बढी धुनु मुस्तहब हो ।
  2. कहिलेकाहीँ एक एक पटक वुजू गर्नु पनि जायज छ ।
  3. टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)