+ -

عَنِ ‌ابْنِ عَبَّاسٍ رضي الله عنهما قَالَ:
تَوَضَّأَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مَرَّةً مَرَّةً.

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 157]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 157]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू गर्दा कहिलेकाहीँ सबै अंगहरू एक पटक मात्र धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि समावेश छ), आफ्ना दुबै हात र दुबै खुट्टा एक-एक पटक धुनुहुन्थ्यो । वास्तवमा, एक-एक पटक धुनु अनिवार्य हो ।

हदीसका केही फाइदाहरू

  1. वुजूका अंगहरू एकपटक धुनु वाजिब हो र एक भन्दा बढी धुनु मुस्तहब हो ।
  2. कहिलेकाहीँ एक एक पटक वुजू गर्नु पनि जायज छ ।
  3. टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्