عن عَمْرُو بْنُ عَامِرٍ عَنْ ‌أَنَس بن مالك قَالَ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَتَوَضَّأُ عِنْدَ كُلِّ صَلَاةٍ، قُلْتُ: كَيْفَ كُنْتُمْ تَصْنَعُونَ؟ قَالَ: يُجْزِئُ أَحَدَنَا الْوُضُوءُ مَا لَمْ يُحْدِثْ.

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 214]
المزيــد ...

अम्र बिन आमिरले बयान गरेका छन्, अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले भनेका छन् :
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले सोधेँ, "त्यस बेला तपाईंहरू के गर्नुहुन्थ्यो?" उहाँले जवाफ दिनुभयो, "हामीमध्ये कोहीले वुजू गरेको भए, वुजू नटुटेसम्म त्यही वुजू अन्य नमाजहरुका लागि पर्याप्त हुन्थ्यो।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 214]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू भंग नभए पनि हरेक अनिवार्य नमाज को लागि वुजू गर्नुहुन्थ्यो । उहाँ पुण्य पाउनको लागि यसो गर्नुहुन्थ्यो ।
वुजू भंग भएको छैन भने एक वुजूले कैयौं समयका अनिवार्य नमाज पढ्न अनुमति छ ।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः हरेक नमाज को लागि वुजू गर्नुहुन्थ्यो; किनभने यो सबैभन्दा उत्तम र पूर्ण तरिका हो ।
  2. हरेक नमाजका लागि वुजू गर्नु मुस्तहब (उत्प्रेरित कार्य) हो ।
  3. एक पटक गरिएको वुजूले एकभन्दा बढी नमाज पढ्न अनुमति छ ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (61)