+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنِ النَّبِيِّ صلى الله عليه وسلم قَالَ:
«لَا يَقْبَلُ اللهُ صَلَاةَ أَحَدِكُمْ إِذَا أَحْدَثَ حَتَّى يَتَوَضَّأَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6954]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6954]

व्याख्या

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि नमाज सही हुने सर्तहरू मध्ये एक तहारत (शुद्धता,वुजू) हो । तसर्थ, जसको वुजू पिसाब, दिसा, निद्रा आदि कारणले भङ्ग भएको छ र नमाज पढ्न चाहन्छ भने उसले अनिवार्य रुपमा पुनः वुजू गर्नुपर्दछ ।

हदीसका केही फाइदाहरू

  1. अपवित्र भएको अवस्थामा नमाज स्वीकृत हुँदैन, (वीर्य स्खलन वा सम्भोगको कारणले हुने ) ठूलो अपवित्रतामा नुहाउनु पर्छ र (पिसाब, दिसा, निद्रा आदि कारणले हुने ) सानो अपवित्रतामा वुजू गर्नुपर्दछ।
  2. वुजू मुखमा पानी हालेर मुख भित्र घुमाउने र बाहिर फाल्ने (कुल्ला गर्ने) , त्यसपछि नाक भित्र पानी तानेर बाहिर फाल्ने र नाक सफा गर्ने, त्यसपछि आफ्नो अनुहार तीन पटक धुने, त्यसपछि दुवै हात कुहुनो सहित तीन पटक धुने, त्यसपछि पूरै टाउको एक पटक मसह गर्ने (हत्केला भिजाएर पुछ्ने) र अन्तमा दुवै खुट्टा गोलीगाँठो सहित तीन पटक धुने कार्यलाई भनिन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्