عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«قَالَ اللَّهُ: كُلُّ عَمَلِ ابْنِ آدَمَ لَهُ، إِلَّا الصِّيَامَ، فَإِنَّهُ لِي وَأَنَا أَجْزِي بِهِ، وَالصِّيَامُ جُنَّةٌ، وَإِذَا كَانَ يَوْمُ صَوْمِ أَحَدِكُمْ فَلاَ يَرْفُثْ وَلاَ يَصْخَبْ، فَإِنْ سَابَّهُ أَحَدٌ أَوْ قَاتَلَهُ، فَلْيَقُلْ إِنِّي امْرُؤٌ صَائِمٌ، وَالَّذِي نَفْسُ مُحَمَّدٍ بِيَدِهِ، لَخُلُوفُ فَمِ الصَّائِمِ أَطْيَبُ عِنْدَ اللَّهِ مِنْ رِيحِ المِسْكِ، لِلصَّائِمِ فَرْحَتَانِ يَفْرَحُهُمَا: إِذَا أَفْطَرَ فَرِحَ، وَإِذَا لَقِيَ رَبَّهُ فَرِحَ بِصَوْمِهِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1904]
المزيــد ...
अबू हुरैरह रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ: अल्लाहका रसूलﷺले भन्नु भयो:
अल्लाह तआला भन्नु हुन्छ: आदमको पुत्रको हरेक काम उसका लागि हो , (रोजा) उपवास बाहेक । साँच्ची नै त्यो यो मेरो लागि हो र म यसको प्रतिफल दिनेछु र उपवास ढाल हो र यदि यो तिमीहरू मध्ये कसैले रोजा बसेको छ भने, तब उसले नराम्रो काम नगरोस्, यदि कसैले उसलाई गाली गर्छ वा झगडा गर्छ भने, उसले भन्नु पर्छ, "म रोजा बसेको व्यक्ति हुँ " ( अल्लाह कसम) जसको हातमा मुहम्मदﷺको प्राण छ - अल्लाहका सामु रोजा बसेको मान्छेको मुखको गन्ध कस्तुरीको सुगन्ध भन्दा राम्रो हुन्छ : रोजादारका लागि दुई वटा वरदान छन् जसबाट ऊ रमाएको हुन्छ । जब उसले अफ्तार गर्छ रमाएको हुन्छ र जब ऊ आफ्नो पालनकर्तासित भेट्नेछ आफ्नो रोजाका कारण रमाएको हुन्छ ।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1904]
नबीﷺले बताउनु भयो कि अल्लाहﷻहदीसे कुदसीमा भन्नु हुन्छ :
आदमको पुत्रको हरेक काममा दस गुणा देखि सात सय गुणा सम्म पुण्य लेखिन्छ , रोजा बाहेक । यो मेरो लागि हो , जसमा देखावट हुन सक्दैन । म त्यसको बदला दिने छु र त्यसको सवाब ( बदला) र पुण्य कति होला भन्ने कुरा मलाई नै थाहा हुन्छ ।
फेरि भन्नु भयो ; ( रोजा ( उपवास) ढाल हो । ) र आगोबाट बच्नका लागि एवं आड र बलियो किल्ला हो । किन भने यसका कारण कामोक्षाबाट रोकिनु पर्ने र पापमा पर्नबाट बचिने हुन्छ र आगो ( नरक) मनलागी कुराले घेरिएको छ ।
सो जब तिमीहरूमध्ये कसैको रोजा बसेको दिन छ भने उसले फोहोर कुरा बोल्नु हुन्न;
र न त विवादमा होहल्ला गर्नसक्छ, न चर्को स्वरमा कराउन हुन्छ।
(यदि रमजानमा कसैले उसलाई गाली गर्यो वा लड्न लाग्यो ) भने यसो भन्नु: म ब्रत बसेको छु । (यसकारण)ऊ उसबाट रोकिन सक्छ। यदि साँच्चिकै ऊ झगडा नगरि नछाड्ने जस्तो लाग्यो भने थोरै भन्दा थोरै बल लगाएर त्यहाँबाट निस्किनुपर्छ ।
फेरि अल्लाहका रसूलﷺले कसम खानु भयो र किरिया हाल्नु भयो (अल्लाहको) त्यो अस्तित्वको जसको हातमा उहाँको प्राण छ - कि रोजा(व्रत)का कारण रोजादारको मुखको बदलिएको गन्द कयामतका दिन तिमीहरूलाई कस्तूरीको वास्ना भन्दा उत्तम होला र जिक्रको मज्लिस र सभामा सिफारिस गरिएको कस्तुरीको सुगन्ध भन्दा बढी सवाब वाला होला ।
र रोजादारका लागि दुईवटा खुसी मिल्नेछन् जसले ऊ रमाएको हुनेछ। पहिलो - इफ्तारको समयमा , कि उसका लागि इफ्तार हलाल गरियो जसले उसको तिर्खा र भोक मेटियो । रोजा पुरा भएकोले र उसको उपासना सकिएको र उसका पालनकर्ताले सजिलो बनाइदिनु भएकोले र आगामी रोजा राख्नका लागि मद्द्त गर्नु भएकोले खुसी हुन्छ ।
(र दोस्रो - जब आफ्नो रब ( पालनकर्ता) सित भेट हुनेछ,) रोजाको बदला र सवाब ( प्रतिफल ) देखेर खुसी हुनेछ ।