हदीसहरूको सूची

जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस्। जसले इस्तिन्जा (ढुंगाद्वारा शुद्धता प्राप्त गर्नु) गर्छ, उसले विजोर सङ्ख्यामा ढुंगा प्रयोग गरोस्।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए
عربي अंग्रेजी उर्दू
शैतान तिमीहरू मध्ये कसैको गुद्दीमा ऊ सुतेको बेलामा तीन गाँठो लगाइ दिन्छ र हरेक गाँठोमा "अहिले रात लामो छ , सुत" भनेर गाँठो पार्छ ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही निद्राबाट बिउँझिन्छ, उसले तीन पटक नाक सफा गरोस्, किनभने शैतान रातभर उसको नाकमा बस्छ।
عربي अंग्रेजी उर्दू
एकजना व्यक्तिले वुजू गरे, तर उनको खुट्टामा नङको आकार बराबर स्थान सुक्खा नै रह्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो देखेर भन्नुभयो: “फर्केर जाऊ र आफ्नो वुजू राम्रोसँग पूरा गरेर आउ।” त्यसपछि उनले फर्केर राम्रोसँग वुजू गरे र नमाज पढे।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजू गर्छ र त्यसपछि तनमनका साथ उभिएर दुई रकात नमाज पढ्छ, उसको लागि स्वर्ग अनिवार्य हुन्छ ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट (मलद्वारको मार्ग बाट) केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
عربي अंग्रेजी उर्दू