+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِذَا اسْتَيْقَظَ أَحَدُكُمْ مِنْ مَنَامِهِ فَلْيَسْتَنْثِرْ ثَلَاثَ مَرَّاتٍ، فَإِنَّ الشَّيْطَانَ يَبِيتُ عَلَى خَيَاشِيمِهِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 238]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो नाकमा तीन पटक पानी खन्याएर सफा गरोस्, किनकि शैतानले उसको नाकको प्वालमा रात बिताउँछ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 238]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निद्राबाट उठेपछि तीन पटक नाकमा पानी खन्याएर सफा गर्न प्रोत्साहन गर्नुभएको छ। यस हदीसमा "इस्तिनसार" शब्दको अर्थ नाकमा पानी पुर्याउने र निकाल्ने हो। किनभने शैतानले व्यक्तिको नाक भित्र रात बिताउँछ।

हदीसका केही फाइदाहरू

  1. निद्राबाट ब्यूँझने जो कोहीले पनि शैतानको प्रभाव हटाउन नाकमा पानी हालेर सफा गर्न अनिवार्य छ। यदि वुजू गर्छ भने आवश्यकता दोब्बर हुन्छ।
  2. नाकमा पानी हालेर सफा गर्दा पूर्ण फाइदा प्राप्त हुन्छ। किनभने नाकमा पानी हाल्नुले नाकको भित्री भाग सफा गर्ने माध्यम हो र त्यसपछि नाकभित्रको फोहोरलाई पानीसँग बाहिर निकाल्नु हो ।
  3. यस हदीसमा उल्लेख गरिएको "यबीतु" शब्दको आधारमा यस हदीसमा भनिएको कुरा रातमा सुत्ने कुरामा मात्र सीमित छ। किनभने यो शब्द रातको सुत्नेको लागि मात्र प्रयोग गरिन्छ। साथै, रातको निद्रा लामो र गहिरो हुने सम्भावना बढी हुन्छ।
  4. यस हदीसबाट थाहा हुन्छ, मान्छेको साथमा शैतान लागेको हुन्छ तर उसलाई थाहा हुँदैन ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्