عَن عَبْدِ اللَّهِ بْنِ عُمَرَ رضي الله عنهما قَالَ: سُئِلَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنِ الْمَاءِ وَمَا يَنُوبُهُ مِنَ الدَّوَابِّ وَالسِّبَاعِ، فَقَالَ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِذَا كَانَ الْمَاءُ قُلَّتَيْنِ لَمْ يَحْمِلِ الْخَبَثَ».
[صحيح] - [رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد] - [سنن أبي داود: 63]
المزيــد ...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई त्यो पानीको बारेमा सोधियो जसमा गाईवस्तु र जंगली जनावरहरू आउने-जाने गर्छन्। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।"
[सही] - [رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد] - [सुनन अबी दाउद - 63]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित त्यो पानी जसमा जनावर र हिंस्रक जन्तुहरू पानी पिउनका लागि आउने जाने गर्छन् त्यो पानीले पवित्रता प्राप्त गर्न मिल्छ कि मिल्दैन भनेर सोधियो । जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोकि जब पानी ठुला दुई घैला लगभग २१० लिटर जति हुन्छ भने त्यो बराबरको पानी ठुलो परिणामको हो, यो अपवित्र हुँदैन । यद्यपि पानीका ३ वटा गुण रंग, स्वाद र गन्ध अशुद्ध पदार्थले परिवर्तन हुन्छ भने, त्यो फरक कुरा हो।