+ -

عَن أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ:
سَأَلَ رَجُلٌ رَسُولَ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: يَا رَسُولَ اللهِ، إِنَّا نَرْكَبُ البَحْرَ، وَنَحْمِلُ مَعَنَا القَلِيلَ مِنَ الْمَاءِ، فَإِنْ تَوَضَّأْنَا بِهِ عَطِشْنَا، أَفَنَتَوَضَّأُ مِنَ الْبَحْرِ؟ فَقَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ: «هُوَ الطَّهُورُ مَاؤُهُ، الحِلُّ مَيْتَتُهُ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد] - [سنن الترمذي: 69]
المزيــد ...

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) भन्नु हुन्छ:
" एक जनाले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)सित सोध्यो र भन्यो : हे अल्लाहका रसूल ! हामी समुद्रमा यात्रा गर्छौं र आफ्नो साथमा थोरै पानी बोकेर हिँडेका हुन्छौँ । यदि हामीले त्यो पानीले वुजू गर्यौं भने हामीलाई पिउने पानी रहँदैन । अत: के हामीले समुद्रको पानीले वुजू गर्न मिल्छ त ? अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो : त्यसको (समुद्रको) पानी पवित्र हुन्छ त्यसको मृत् ( माछा ) हलाल हुन्छन् । "

[सही] - - [सुनन् तिर्मिजी - 69]

व्याख्या

एक जनाले नबी(सल्लल्लाहु अलैहि वसल्लम)सित सोध्यो र भन्यो : हामी समुद्र माथि जहाजमा बसेर शिकार अथवा व्यापार र यस्तै कामहरूका लागि यात्रा गर्छौं र आफ्नो साथमा राम्रो पानी थोरै बोकेर हिँडेका हुन्छौँ । यदि हामीले त्यो पिउने पानीले वुजू गर्यौं अथवा स्नान गर्यौं भने पानी सक्किन्छ र हामीलाई पिउने पानी रहँदैन । सो के हामीहरूका लागि समुद्रको पानीले वुजू गर्न जायज हुन्छ त ?
रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले समुद्री पानीको बारेमा भन्नु भएको छ "यसको पानी शुद्ध र पवित्र गर्न सक्ने क्षमता भएको हुन्छ; यसबाट वुजू गर्न र नुहाउन जायज छ, र यसबाट निस्कने साना वा ठूला माछा र अन्य समुद्री सृष्टिहरू विना शिकारका यदि मरेर उत्तानो परेको भेटिएमा खान वैध छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई जर्मन पुश्तु असमिया अम्हारिक डच गुजराती रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. समुद्री मरेको जनावर हलाल हुन्छ । यहाँ "मरेको " भन्ने शब्दबाट समुद्रमा बस्ने जनावरहरू भन्न खोजिएको हो , जुन केवल समुद्रमै बाँच्न सक्छन् ।
  2. प्रश्नकर्ता (सोध्ने व्यक्तिलाई) उसको प्रश्न भन्दा बढी उत्तर दिनु, पूर्णरूपमा बुझाउनका लागि हो ।
  3. पानी, जब त्यसको स्वाद वा रङ्ग अथवा त्यसको गन्ध कुनै पवित्र वस्तु मिल्नाले बदलियो भने त्यसको पवित्र गर्न सक्ने क्षमता बाँकी रहन्छ जब सम्म पानीको वास्तविकता बाकि रहेको हुन्छ । चाहे त्यसको नुनिलोपना, तातोपना वा त्यसको चिसोपनामा बदलिए पनि पानी पवित्र नै रहन्छ ।
थप