عَنْ أَبِي مُوسَى رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَ:
«إِنَّ لِلْمُؤْمِنِ فِي الْجَنَّةِ لَخَيْمَةً مِنْ لُؤْلُؤَةٍ وَاحِدَةٍ مُجَوَّفَةٍ، طُولُهَا سِتُّونَ مِيلًا، لِلْمُؤْمِنِ فِيهَا أَهْلُونَ، يَطُوفُ عَلَيْهِمِ الْمُؤْمِنُ فَلَا يَرَى بَعْضُهُمْ بَعْضًا».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2838]
المزيــد ...
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"स्वर्गमा आस्थावानको लागि मोतीले बनेको एउटा पाल हुनेछ, भित्र खोक्रो र साठी माइल लामो। त्यसमा आस्थावानका पत्नीहरू हुनेछन्, जसकहाँ ऊ आउने र जानेछ, र तिनीहरू एकअर्कालाई देख्न सक्ने छैनन्।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2838]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई स्वर्गका केही आनन्दहरूको बारेमा बताउनुभयो। आस्थावानहरूको लागि स्वर्गमा एउटा ठूलो पाल छ जसको भित्री भाग फराकिलो छ, जुन एउटै खोक्रो मोतीले बनेको छ, जसको चौडाइ र लम्बाइ आकाशमा साठी माइल छ। यसको चारैतिर, कुना र कोणहरूमा पत्नीहरू छन्, जसले एकअर्कालाई देख्दैनन् र आस्थावानले तिनीहरूलाई भेट्छन्।