عَنْ أَبِي مُوسَى رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَ:
«إِنَّ لِلْمُؤْمِنِ فِي الْجَنَّةِ لَخَيْمَةً مِنْ لُؤْلُؤَةٍ وَاحِدَةٍ مُجَوَّفَةٍ، طُولُهَا سِتُّونَ مِيلًا، لِلْمُؤْمِنِ فِيهَا أَهْلُونَ، يَطُوفُ عَلَيْهِمِ الْمُؤْمِنُ فَلَا يَرَى بَعْضُهُمْ بَعْضًا».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2838]
المزيــد ...
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2838]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गका केही सुख-सुविधाहरूको बारेमा बताउनुहुँदै उल्लेख गर्नुभएको छ कि स्वर्गमा आस्थावानका लागि एउटा विशाल र फराकिलो पाल (तम्बू) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै मात्र बहुमूल्य मोती द्वारा निर्मित हुनेछ। आकाशतर्फ त्यसको चौडाइ र लम्बाइ साठी माइलको हुनेछ। त्यसका चारै वटा कुना र प्रान्तहरूमा उनीका श्रीमतीहरू हुनेछन्, जसले (विशालताका कारण) एकअर्कालाई देख्न सक्ने छैनन् र आस्थावान उनीहरूका माझ आवतजावत गर्नेछ।