+ -

عن عثمان بن عفان رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ تَوَضَّأَ فَأَحْسَنَ الْوُضُوءَ خَرَجَتْ خَطَايَاهُ مِنْ جَسَدِهِ حَتَّى تَخْرُجَ مِنْ تَحْتِ أَظْفَارِهِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 245]
المزيــد ...

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 245]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले वुजुको सुन्नत र शिष्टाचारको पालना गर्दै वजू गर्छ, उसका पापहरू मेटिन्छन् । यहाँसम्म उसको हात र खुट्टाको औंलाको नङ मुनिबाट पनि पाप निस्कन्छ ।

हदीसका केही फाइदाहरू

  1. वुजुको सुन्नत र शिष्टाचार सिक्न र अभ्यास गर्न प्रोत्साहन ।
  2. वुजुको पुण्य र यो ससाना पापहरूको प्रायश्चित हो, तर ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
  3. पापहरू पखाल्ने शर्त भनेको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तोकेको विधि अनुसार वुजु पूर्ण रूपमा गर्नुपर्छ र यसमा कुनै कमी हुनु हुँदैन ।
  4. यस हदीसमा पापहरूको प्रायश्चित ठूला-ठूला पापहरूबाट जोगिन र तिनीहरूबाट पश्चात्तापसँग जोडिएको छ । अल्लाह तआलाले भन्नुभएको छ: "यदि तिमीहरु ठूला पापहरुबाट टाढा रहन्छौ जसबाट तिमीहरुलाई रोकिएको छ, हामी तिमीहरुका (साना) पापहरु माफ गर्नेछौं ।" [सूरह अल-निसा: ३१]
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्