عن عثمان بن عفان رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ تَوَضَّأَ فَأَحْسَنَ الْوُضُوءَ خَرَجَتْ خَطَايَاهُ مِنْ جَسَدِهِ حَتَّى تَخْرُجَ مِنْ تَحْتِ أَظْفَارِهِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 245]
المزيــد ...

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 245]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले वुजुको सुन्नत र शिष्टाचारको पालना गर्दै वजू गर्छ, उसका पापहरू मेटिन्छन् । यहाँसम्म उसको हात र खुट्टाको औंलाको नङ मुनिबाट पनि पाप निस्कन्छ ।

हदीसका केही फाइदाहरू

  1. वुजुको सुन्नत र शिष्टाचार सिक्न र अभ्यास गर्न प्रोत्साहन ।
  2. वुजुको पुण्य र यो ससाना पापहरूको प्रायश्चित हो, तर ठूला पापहरूको लागि पश्चात्ताप गर्नुपर्छ ।
  3. पापहरू पखाल्ने शर्त भनेको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तोकेको विधि अनुसार वुजु पूर्ण रूपमा गर्नुपर्छ र यसमा कुनै कमी हुनु हुँदैन ।
  4. यस हदीसमा पापहरूको प्रायश्चित ठूला-ठूला पापहरूबाट जोगिन र तिनीहरूबाट पश्चात्तापसँग जोडिएको छ । अल्लाह तआलाले भन्नुभएको छ: "यदि तिमीहरु ठूला पापहरुबाट टाढा रहन्छौ जसबाट तिमीहरुलाई रोकिएको छ, हामी तिमीहरुका (साना) पापहरु माफ गर्नेछौं ।" [सूरह अल-निसा: ३१]
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)