عن أبي الدرداء رضي الله عنه أن النبي صلى الله عليه وسلم قال:
«مَنْ حَفِظَ عَشْرَ آيَاتٍ مِنْ أَوَّلِ سُورَةِ الكَهْفِ، عُصِمَ مِنَ الدَّجَّالِ». وفي رواية: «مِنْ آخِرِ سُورَةِ الكَهْف».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 809]
المزيــد ...
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले सुरा अल-काहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरा अल-काहफको अन्तिम दश आयातहरू।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 809]
अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसले सुरा अल-काहफका पहिलो दस पदहरू कण्ठ गर्छ, ऊ मसिह दज्जालको परीक्षाबाट सुरक्षित रहनेछ। मसिह दज्जाल अन्तिम समयमा देखा पर्नेछ र म ईश्वर हो भनेर दाबी गर्नेछ। उसको परीक्षा आदमको सृष्टिदेखि न्यायको दिनसम्म पृथ्वीमा हुने सबैभन्दा ठूलो परीक्षा हुनेछ। किनभने अल्लाहले उसलाई केही असामान्य चीजहरू दिनेछन् जसको माध्यमबाट उसले मानिसहरूलाई परीक्षामा फसाउनेछ। सुरा अल-काहफका पहिलो दस पदहरू कण्ठ गर्नाले तपाईंलाई मसिह दज्जालको प्रलोभनबाट बचाउनेछ किनभने यी पदहरूमा केही आश्चर्यकर्महरू र असामान्य कुराहरू उल्लेख गरिएका छन् जुन मसिह दज्जालद्वारा प्रकट हुने असामान्य कुराहरू भन्दा धेरै ठूला छन्। त्यसकारण, जो कोहीले पनि तिनीहरूमाथि मनन गर्छ, ऊ मसिह दज्जालको प्रलोभनको शिकार हुनेछैन। अर्को हदीसमा छ: यस सुराको अन्त्यमा रहेका दश पदहरू, जुन "अ फहसेबल्लजीन कफरू...." बाट सुरु हुन्छन्।