عن أبي الدرداء رضي الله عنه أن النبي صلى الله عليه وسلم قال:
«مَنْ حَفِظَ عَشْرَ آيَاتٍ مِنْ أَوَّلِ سُورَةِ الكَهْفِ، عُصِمَ مِنَ الدَّجَّالِ». وفي رواية: «مِنْ آخِرِ سُورَةِ الكَهْف».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 809]
المزيــد ...
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको अन्तिम दश आयातहरू।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 809]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले सूरा अल-कहफका पहिलो दस श्लोकहरू कण्ठ गर्छ, ऊ दज्जालको सङ्कटबाट सुरक्षित रहनेछ।" दज्जाल अन्तिम समयमा देखा पर्नेछ र आफूलाई ईश्वर भएको दाबी गर्नेछ। उसको सङ्कट आदमको सृष्टिदेखि कियामत (न्यायको दिन) सम्म पृथ्वीमा हुने सबैभन्दा ठूलो सङ्कट हुनेछ, किनकि अल्लाहले उसलाई केही असाधारण कुराहरू देखाउने शक्ति दिनुहुनेछ, जसद्वारा ऊ मानिसहरूलाई भ्रममा पार्नेछ। यी श्लोकहरूमा केही आश्चर्यकर्महरू र असामान्य कुराहरू उल्लेख गरिएका छन्, जुन दज्जालले देखाउने आश्चर्यपूर्ण कुराहरूभन्दा महान् छन्। त्यसकारण, जो कोहीले पनि ती श्लोकहरूमाथि मनन गर्छ, ऊ दज्जालको प्रलोभनको शिकार हुनेछैन। अर्को हदीसमा छ: ती आयतहरू सूरा कहफको अन्त्यमा रहेका दस आयतहरू हुन्, जुन आयत {أفحسب الذين كفروا أن يتخذوا…} बाट सुरु हुन्छ।