+ -

عن أبي مسعود رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم:
«مَنْ قَرَأَ بِالْآيَتَيْنِ مِنْ آخِرِ سُورَةِ الْبَقَرَةِ فِي لَيْلَةٍ كَفَتَاهُ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5009]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5009]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई आयत पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरू बाट बचाउँछन्। यो उनको लागि तहज्जुद नमाजको सट्टामा पर्याप्त छ। जबकि कतिपय विद्वानहरूले अन्य अज्कारको स्थानमा यी दुई आयत पर्याप्त रहेको बताएका छन् । यी दुई आयत नमाजमा पढ्दा पर्याप्त हुन्छ, आदि इत्यादि । माथि उल्लेख गरिएका सबै कुराहरू सही छन् र यसमा समावेश छन् ।

हदीसका केही फाइदाहरू

  1. सूरह बकरहको अन्तिम दुई आयतहरूको सद्गुण र यो अल्लाहको भनाइ 'आमनर्रसूलु' देखि सूरहको अन्त्यसम्म हो ।
  2. राती सूरह बकरहको अन्तिम दुई आयतहरू पढ्दा मानिस दुष्ट र शैतानबाट सुरक्षित रहन्छ ।
  3. रात सूर्यास्त पछि सुरु हुन्छ र बिहान सम्म रहन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप