عن أبي مسعود رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم:
«مَنْ قَرَأَ بِالْآيَتَيْنِ مِنْ آخِرِ سُورَةِ الْبَقَرَةِ فِي لَيْلَةٍ كَفَتَاهُ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5009]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5009]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई आयत पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरू बाट बचाउँछन्। यो उनको लागि तहज्जुद नमाजको सट्टामा पर्याप्त छ। जबकि कतिपय विद्वानहरूले अन्य अज्कारको स्थानमा यी दुई आयत पर्याप्त रहेको बताएका छन् । यी दुई आयत नमाजमा पढ्दा पर्याप्त हुन्छ, आदि इत्यादि । माथि उल्लेख गरिएका सबै कुराहरू सही छन् र यसमा समावेश छन् ।

हदीसका केही फाइदाहरू

  1. सूरह बकरहको अन्तिम दुई आयतहरूको सद्गुण र यो अल्लाहको भनाइ 'आमनर्रसूलु' देखि सूरहको अन्त्यसम्म हो ।
  2. राती सूरह बकरहको अन्तिम दुई आयतहरू पढ्दा मानिस दुष्ट र शैतानबाट सुरक्षित रहन्छ ।
  3. रात सूर्यास्त पछि सुरु हुन्छ र बिहान सम्म रहन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप