+ -

عن عبد الله بن مسعود رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ قَرَأَ حَرْفًا مِنْ كِتَابِ اللهِ فَلَهُ بِهِ حَسَنَةٌ، وَالْحَسَنَةُ بِعَشْرِ أَمْثَالِهَا، لَا أَقُولُ {الم} حَرْفٌ، وَلَكِنْ {أَلِفٌ} حَرْفٌ، وَ{لَامٌ} حَرْفٌ، وَ{مِيمٌ} حَرْفٌ».

[حسن] - [رواه الترمذي]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र १ पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"

सही - तिर्मीजीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब कुनै मुस्लिमले अल्लाहको किताबको एक अक्षर पढ्छ, उसले बदलामा एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ ।
त्यसपछि उहाँले प्रष्ट पार्दै भन्नुभयो, “म अलिफ, लाम, मीम एउटै अक्षर हो भन्दिनं, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर र मीम एक अक्षर हो । यसरी तीन अक्षरलाई पढ्दा तीस पुण्य मिल्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अत्यधिक कुर्आनको तिलावत गर्ने प्रोत्साहन।
  2. कुर्आन पढ्ने व्यक्तिले उसले पढेको प्रत्येक अक्षरप्रति एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ ।
  3. अल्लाहको अपार कृपा र दया हो कि उहाँले आफ्ना सेवकहरूको इनाम बढाएर प्रशस्त मात्रामा दिनुहुन्छ ।
  4. अन्य वाणीहरू भन्दा कुर्आनको श्रेष्ठता र यसको तिलावत (पठन) उपासना हो; किनभने यो कुर्आन अल्लाहको वचन हो ।
थप