उप-श्रेणीहरू

हदीसहरूको सूची

यो कुर्आनलाई निरन्तर पढिराख । अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, त्यो कुरआन (याददाश्तबाट) बाँधिएको ऊँटभन्दा अझ छिटो फुत्कन्छ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसले कुरआन आफैं सिक्छ र अरूलाई सिकाउँछ ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
عربي अंग्रेजी उर्दू
कुर्आन पढ्ने मुमिनको उदाहरण बिमिरो जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ र स्वाद पनि मिठो हुन्छ । कुर्आन नपढ्ने मुमिनको उदाहरण खजूर जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन, तर स्वाद मिठो हुन्छ
عربي अंग्रेजी उर्दू
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।
عربي अंग्रेजी उर्दू