+ -

عن عثمان رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«خَيْرُكُمْ مَنْ تَعَلَّمَ الْقُرْآنَ وَعَلَّمَهُ».

[صحيح] - [رواه البخاري]
المزيــد ...

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसले कुरआन आफैं सिक्छ र अरूलाई सिकाउँछ ।"

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहको नजरमा सबैभन्दा उत्कृष्ट मुस्लिम त्यो हो जसले कुर्आन सिक्यो, अर्थात् यसको तिलावत (पाठ) सिक्यो, यसलाई कण्ठ गर्यो, राम्रोसँग पढ्न सिक्यो र यसको अर्थ, व्याख्या र आशा अभिलाषा सिक्यो र साथै आफूसँग भएको कुर्आनको ज्ञानको अभ्यास गर्दै अरूलाई पनि सिकायो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. कुर्आनको महत्त्व र यो सबैभन्दा उत्कृष्ट वाणी हो; किनभने यो अल्लाहको कलाम (वचन) हो ।
  2. सबै भन्दा राम्रो शिक्षक त्यो हो जसले अरूलाई सिकाउँछ र ज्ञानलाई आफुमा सीमित राख्दैन ।
  3. कुर्आन सिक्ने र सिकाउनुमा यसको पठन, अर्थ, आदेश र निर्देशनहरू
  4. सबै समावेश छन् ।