عن عثمان رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«خَيْرُكُمْ مَنْ تَعَلَّمَ الْقُرْآنَ وَعَلَّمَهُ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 5027]
المزيــد ...

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 5027]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहको नजरमा सबैभन्दा उत्कृष्ट मुस्लिम त्यो हो जसले कुर्आन सिक्यो, अर्थात् यसको तिलावत (पाठ) सिक्यो, यसलाई कण्ठ गर्यो, राम्रोसँग पढ्न सिक्यो र यसको अर्थ, व्याख्या र आशा अभिलाषा सिक्यो र साथै आफूसँग भएको कुर्आनको ज्ञानको अभ्यास गर्दै अरूलाई पनि सिकायो ।

हदीसका केही फाइदाहरू

  1. कुर्आनको महत्त्व र यो सबैभन्दा उत्कृष्ट वाणी हो; किनभने यो अल्लाहको कलाम (वचन) हो ।
  2. सबै भन्दा राम्रो शिक्षक त्यो हो जसले अरूलाई सिकाउँछ र ज्ञानलाई आफुमा सीमित राख्दैन ।
  3. कुर्आन सिक्ने र सिकाउनुमा यसको पठन, अर्थ, आदेश र निर्देशनहरू
  4. सबै समावेश छन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप