+ -

عَنْ عَلِيٍّ رضي الله عنه قَالَ: قَالَ لِي رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«قُلِ اللهُمَّ اهْدِنِي وَسَدِّدْنِي، وَاذْكُرْ بِالْهُدَى هِدَايَتَكَ الطَّرِيقَ، وَالسَّدَادِ سَدَادَ السَّهْمِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2725]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

हजरत अली (रज़ियल्लाहु अन्हु)द्वारा वर्णन छ : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो :
"भन्नुहोस्: (قُلِ اللهُمَّ اهْدِنِي وَسَدِّدْنِي) 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' र यो सम्झनुहोस् कि मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो, र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु जस्तै हो।" यस दुआमा मार्गदर्शन र सफलता प्राप्तिका लागि प्रार्थना गरिएको छ, जसले व्यक्तिलाई सही दिशा र उद्देश्यप्रति केन्द्रित बनाउँछ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2725]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) लाई भनेका थिए कि उनले अल्लाहसित दुआ गर्नु र भन्नु: (हे अल्लाह, मलाई मार्गदर्शन दिनु होस्) र मलाई सही बाटोमा ल्याइदिनु होस् (र मलाई सही दिशा प्रदान गर्नु होस् ) र मलाई सफल बनाउनु, र मलाई मेरा सबै कामहरूमा स्थिर बनाइ दिनु होस् ।
" الهُدَى ": यो सत्यको विस्तृत र संक्षिप्त ज्ञान हो, र बाह्य र आन्तरिक रूपमा यसको पालनाको अवसर हो ।
जब कि "والسّداد": यसले सबै कुरामा सच्चाइ र मार्गदर्शनमा सफलता तथा स्थिरता जनाउँछ, जसले सत्यको आधारमा सही हुन्छ। यो भनाइ, कर्म, र विश्वासमा सीधा मार्ग हो।
किन कि आध्यात्मिक कुरा भौतिक रूपमा प्रष्ट हुन्छ; त्यसैले यो दुआ गर्ने बेलामा आफ्नो मनमा यो कुरा सम्झिनु कि जसरी यात्रामा निस्किएको व्यक्ति सही बाटोबाट दायाँ-बायाँ नभएर सीधा जान्छ, ताकि ऊ हराउन्न र सुरक्षित रहोस्। त्यसैगरी, हिदायतले तिमीलाई सही ठाउँमा छिट्टै र सुरक्षासाथ पुर्‍याउँछ।
(र والسّداد : अर्थात् तीर सीधा गर्नु । ) सो जसरी तीर चलाउने बेलामा यो कुराको ध्यान राख्नुपर्छ कि कसरी लक्ष्यमा छिटो पुग्छ र गएर ताकेको ठाउँमा लाग्छ। जब कोही मान्छेले तीर फ्याँक्ने बेलामा निशाना ताकेर तीर हान्यो भने, उसले तीर सोझ्याउँछ, त्यसैगरी अल्लाहलाई मलाई तीर जस्तै सीधा राखि दिऊन् भनेर भन्दै हुनु हुन्छ । यस प्रकार आफ्नो मागमा मार्गदर्शनको उच्चतम स्तर र सत्मार्गको निपूणता माग्ने वाला बन्नु हुन्छ ।
सो तपाईंले अल्लाहसँग मार्गदर्शनको लागि दुआ गर्दा आफ्नो मनमा यो दृश्य याद राख्नु होस् कि मार्गदर्शन माग्दा तपाईंको इरादा र तपाईंले गरेको कार्य बीच समानता रहोस् तोकेर चलाएको तीर जस्तै।

हदीसका केही फाइदाहरू

  1. दुआ गर्ने व्यक्तिले यो प्रयास गर्नु पर्छ कि उसको काम सुन्नत अनुरूप र विशुद्ध नियतमा आधारित होस् ।
  2. यी शंक्षिप्त वाक्यहरूद्वारा अवसर प्रदान हुने र सत्मार्गमा कायम रहने दुआ गर्नु मुस्तहब ( राम्रो मानिएको ) हो ।
  3. मान्छेले आफ्ना सबै कार्यमा अल्लाह सित मद्दत माग्नु पर्छ ।
  4. तालिम दिने बेलामा उदाहरणहरूद्वारा कुरा प्रष्ट गर्नु पर्छ ।
  5. मार्गदर्शनको माग र अवस्थाको सुधारलाई एकसाथ राख्नु, र यसमा निरन्तर रहनु र थोरै पनि यसबाट विचलित नहुनुको दुआ। किन कि जहाँ "मलाई मार्गदर्शन दिनु होस्" भनिएको छ त्यहाँ नै : "मलाई सही मार्गमा चल्न मद्दत गर्नु होस्" पनि मार्गदर्शनबाट विचलित नहुने दुआ पनि मागिएको छ ।
  6. दुआ माग्ने वालाले पूरा ध्यानका साथ र दुआको अर्थ आफ्नो मनमा याद राखेर दुआ गर्नु पर्छ । यसका कारण दुआ कबूल हुने सम्भावना अझै बढ्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप