+ -

عن عبد الله بن عمرو رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«يقالُ لصاحبِ القرآن: اقرَأ وارتَقِ، ورتِّل كما كُنْتَ ترتِّل في الدُنيا، فإن منزِلَكَ عندَ آخرِ آية تقرؤها».

[حسن] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وأحمد]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ, पढ्दै गर्नुहोस् र माथि बढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस् । तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।"

हसन - अबू दाऊदले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कुरआनलाई सधैं पढ्ने, हिफ्ज गर्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई जन्नतमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर्नुहोस् र माथि चढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस्; तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. कर्महरूको प्रतिफल मात्रा र कैफियत अनुसार दिइनेछ ।
  2. कुर्आनको तिलावत गर्ने, हिफ्ज (कण्ठ) गर्ने, मनन गर्ने र त्यस अनुसार कार्यान्वयन गर्न प्रोत्साहन ।
  3. स्वर्गमा धेरै चरण र स्तरहरू छन् । कुर्आन जान्ने मानिसहरूले स्वर्गको उच्चतम स्तर प्राप्त गर्नेछन् ।
थप