+ -

عن عُقبة بن عامر الجُهني رضي الله عنه قال: قال رسولُ الله صلَّى الله عليه وسلم:
«الجاهِرُ بالقرآن كالجاهِرِ بالصَّدَقَةِ، والمُسِرُّ بالقرآن كالمُسِرِّ بالصَّدَقَة».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي] - [سنن أبي داود: 1333]
المزيــد ...

उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"

[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 1333]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेर दान दिने व्यक्ति र मसिनो स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तै हो भनी बताउनुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. कुर्आनलाई गोप्य रूपमा पढ्नु उत्कृष्ट हो, जसरी गोप्य रूपमा दान दिनु उत्कृष्ट हो, किनकि यसमा इख्लास (सत्यनिष्ठा) हुन्छ र कपट तथा घमण्डको सम्भावना हुँदैन । तर कुर्आनको पठनपाठन र सिकाउने उद्देश्य हो भने ठूलो स्वरमा पढ्न जायज छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप