عن عُقبة بن عامر الجُهني رضي الله عنه قال: قال رسولُ الله صلَّى الله عليه وسلم:
«الجاهِرُ بالقرآن كالجاهِرِ بالصَّدَقَةِ، والمُسِرُّ بالقرآن كالمُسِرِّ بالصَّدَقَة».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي] - [سنن أبي داود: 1333]
المزيــد ...

उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"

[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 1333]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेर दान दिने व्यक्ति र मसिनो स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तै हो भनी बताउनुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. कुर्आनलाई गोप्य रूपमा पढ्नु उत्कृष्ट हो, जसरी गोप्य रूपमा दान दिनु उत्कृष्ट हो, किनकि यसमा इख्लास (सत्यनिष्ठा) हुन्छ र कपट तथा घमण्डको सम्भावना हुँदैन । तर कुर्आनको पठनपाठन र सिकाउने उद्देश्य हो भने ठूलो स्वरमा पढ्न जायज छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)
थप