+ -

عن العِرْباضِ بن ساريةَ رضي الله عنه قال:
قام فينا رسول الله صلى الله عليه وسلم ذات يوم، فوَعَظَنا مَوعظةً بليغةً وَجِلتْ منها القلوبُ، وذَرَفتْ منها العيونُ، فقيل: يا رسول الله، وعظتَنَا موعظةَ مُودِّعٍ فاعهد إلينا بعهد. فقال: «عليكم بتقوى الله، والسمع والطاعة، وإن عبدًا حبشيًّا، وسترون من بعدي اختلافًا شديدًا، فعليكم بسنتي وسنة الخلفاء الراشدين المهديين، عَضُّوا عليها بالنواجِذ، وإياكم والأمور المحدثات، فإن كل بدعة ضلالة».

[صحيح] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن ابن ماجه: 42]
المزيــد ...

इरबाज बिन सारिया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"

[सही] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् इब्ने माजह - 42]

व्याख्या

एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले मानिसहरूको मन छोयो र आँखा रसायो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रभावशाली उपदेश देखेर उहाँका साथीहरूले भने: हे अल्लाहको रसूल! यो विदाई प्रवचन जस्तो देखिन्छ । तसर्थ तिनीहरूले पछि काम लाग्ने केही महत्वपूर्ण वसीयत गर्न आग्रह गरे । उहाँले भन्नुभयो: म तिमीलाई अल्लाहसँग डराउन आदेश दिन्छु । अल्लाहको डरको अर्थ भनेको अनिवार्य कुराको पालना गर्नु र निषेधित कुराहरूबाट टाढा रहनु हो । त्यसैगरी, म तिमीहरूलाई शासकहरूको आदेश सुन्न र पालन गर्न आदेश दिन्छु । तिम्रो शासक कालो दास भए पनि । अर्थात् एक साधारण मानिस पनि तिम्रो शासक बन्यो भने उसको आज्ञापालन गर्नुपर्छ, ताकि द्वन्द्व र जताततै रक्तपात नहोस् । किनभने तिमीहरूमध्ये जो जीवित रहन्छ उसले धेरै विवाद देख्नेछ । त्यसपछि उहाँले तिनीहरूलाई यस असहमतिबाट बाहिर निस्कने बाटो बताउनुभयो । अर्थात्, उहाँको सुन्नत र उहाँपछि खिलाफत ग्रहण गरेका सही मार्गनिर्देशित खलीफाहरू; अबु बकर सिद्दिक, उमर बिन खत्ताब, उस्मान बिन अफ्फान र अली बिन अबू तालिब (रजियल्लाहु अन्हुम) को सुन्नत दृढतापूर्वक समात्नु पर्छ । उहाँले त्यसलाई बङ्गाराले भएपनि समात्न आदेश दिनुभयो । अर्को शब्दमा, हरेक परिस्थितिमा सुन्नतलाई पछ्याउन र पालन गर्नुपर्छ । त्यसपछि धर्मको नाममा नयाँ कुराहरू आविष्कार गर्न विरुद्ध चेतावनी दिनुभयो । किनभने धर्मको नाममा आउने हरेक नयाँ कुरा पथभ्रष्टा हो ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन चेक الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सुन्नतलाई दृढतापूर्वक समात्न पर त्यसको पालना गर्नुको महत्त्व ।
  2. उपदेश दिने र हृदयलाई नरम पार्ने कुरामा ध्यान ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) पछि उहाँका चार धर्मी खलीफा (उत्तराधिकारी) हरू; अबु बकर सिद्दिक, उमर फारूक, उस्मान बिन अफ्फान र अली बिन अबि तालिब (रजियल्लाहु अन्हुम) को अनुसरण गर्न आदेश ।
  4. धर्मको नाममा नयाँ कुराहरू आविष्कार गर्न निषेध र धर्मको नाममा हरेक नयाँ कुरा पथभ्रष्टा हो ।
  5. पापको आदेश नदिएसम्म मुस्लिमहरूले शासकहरूको कुरा सुन्न र पालन
  6. गर्नुपर्छ ।
  7. सबै समय र परिस्थितिहरूमा अल्लाहको तकवा (डर) को महत्त्व ।
  8. यस उम्मतमा विवादहरू उत्पन्न हुन्छ र जब मतभेदहरू देखा पर्दछन् भने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका खलीफाहरूको सुन्नतको अनुसरण आवश्यक छ ।
थप