हदीसहरूको सूची

म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सारको बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूलाई घृणा गर्छ, अल्लाहले उसलाई घृणा गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
अवश्य म यो झण्डा यस्तो मान्छेलाई दिनेछु जो अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई माया गर्छ, अल्लाहﷻ उनको माध्यमबाट विजय प्रदान गर्नु हुनेछ ।
عربي अंग्रेजी उर्दू
“मेरो सहाबा (साथी) हरूलाई गालीगलौज नगर । यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत बराबर सुन खर्च गरे पनि उनीहरुले एक वा आधा मुद खर्च गरे जस्तो पुण्य प्राप्त गर्न सक्नेछैन ।”
عربي अंग्रेजी उर्दू
नबी (सलल्लाहु अलैहि वसल्लम)ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर पैगम्बर र दूतहरू बाहेक।
عربي अंग्रेजी उर्दू
उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।
عربي अंग्रेजी उर्दू