عَنِ الْبَرَاءِ رضي الله عنه:
عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ قَالَ فِي الْأَنْصَارِ: «لَا يُحِبُّهُمْ إِلَّا مُؤْمِنٌ، وَلَا يُبْغِضُهُمْ إِلَّا مُنَافِقٌ، مَنْ أَحَبَّهُمْ أَحَبَّهُ اللهُ وَمَنْ أَبْغَضَهُمْ أَبْغَضَهُ اللهُ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 75]
المزيــد ...

बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 75]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि मदीनाका अन्सारीहरूसँग प्रेम गर्नु पूर्ण ईमानको चिन्ह हो र उनीहरूप्रति घृणा राख्नु कपटको चिन्ह हो। यो यसकारण हो किनभने उनीहरूले इस्लाम र नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूर्ण रूपमा सहयोग गरे, (मक्का र अन्य स्थानबाट आएका) मुहाजिर मुस्लिमहरूलाई आश्रय दिए र अल्लाहको मार्गमा आफ्नो ज्यान र सम्पत्ति खर्च गर्न कुनै कसर बाँकी राखेनन्। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले अन्सारलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुन्छ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. अन्सारहरूको लागि उच्च स्थान प्रस्ट हुन्छ, किनकि तिनीहरूको प्रेम इमान र कपटबाट मुक्तिको चिन्ह हो ।
  2. अल्लाहका औलिया (सन्त) हरूसँग प्रेम राख्नु र उहाँहरूको समर्थन गर्नुले अल्लाहले आफ्ना भक्तलाई प्रेम गर्नुहुन्छ।
  3. यसबाट इस्लाम धर्ममा प्रारम्भिक अग्रगामीहरूको उत्कृष्टता प्रस्ट हुन्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप