+ -

عن أنس رضي الله عنه، قال:
قال رسول الله صلى الله عليه وسلم لأبي بكر وعمر: «هذان سَيِّدا كُهُول أهل الجنة من الأوَّلِين والآخِرين إلا النبيِّين والمرسلين».

[صحيح] - [رواه الترمذي] - [سنن الترمذي: 3664]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अनस (रजियल्लाहु अन्हु)ले वर्णन गरेका छन्, उनी भन्छन्:
नबी (सलल्लाहु अलैहि वसल्लम)ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर पैगम्बर र दूतहरू बाहेक।

[सही] - [तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3664]

व्याख्या

नबी (सलल्लाहु अलैहि वसल्लम)ले जानकारी दिनुभयो कि अबू बकर अल-सिद्दीक र उमर अल-फारूक (रजियल्लाहु अन्हुमा) पैगम्बरहरूपछि सबै मानिसहरूभन्दा उत्कृष्ट हुन्, र पैगम्बरहरू र दूतहरूपछि स्वर्ग प्रवेश गर्ने सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।

हदीसका केही फाइदाहरू

  1. अबू बकर र उमर (रजियल्लाहु अन्हुमा) पैगम्बर र दूतहरूपछि सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।
  2. स्वर्गमा कुनै अधबैंसे हुने छैनन्, किनकि स्वर्ग प्रवेश गर्ने सबै व्यक्ति ३३ वर्षको उमेरमा हुनेछन्। यसको अर्थ यो हो कि अबू बकर र उमर (रजियल्लाहु अन्हुमा) संसारमा अधबैंसे अवस्थामा निधन गरेका मानिसहरूका सरदार हुन्। वा यो कुरा त्यस समयमा उनीहरूको संसारमा रहेको अवस्था अनुसार उल्लेख गरिएको हो।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप