+ -

عن أبي سعيد الخدري رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«الحَسَن والحُسَيْن سَيِّدا شَباب أهْل الجنة».

[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 3768]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु)ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो:
"हसन र हुसैन (रजियल्लाहु अन्हुमा) स्वर्गका युवाहरूका सरदार हुन्।"

[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3768]

व्याख्या

नबी (सलल्लाहु अलैहि वसल्लम)ले जानकारी दिनुभयो कि उहाँका दुई नाति, हसन र हुसैन (अली इब्न अबी तालिब र फातिमा बिन्ते नबी), ती सबै युवाहरूका सरदार हुन् जसको निधन युवा अवस्थामा भयो र जो स्वर्ग प्रवेश गर्नेछन्। अथवा यसको अर्थ यो हो कि हसन र हुसैन स्वर्गका युवाहरूका सरदार हुन्, तर पैगम्बरहरू र खलीफा राशिदीनहरु बाहेक।

हदीसका केही फाइदाहरू

  1. यसमा हसन र हुसैन (रजियल्लाहु अन्हुमा) का लागि स्पष्ट रूपमा उच्च सम्मान र गुणको प्रमाण छ।
  2. यस हदीसको अर्थमा भनिएको छ: यो हदीस भनिएको समयमा हसन र हुसैन (रजियल्लाहु अन्हुमा) स्वर्गका युवाहरूको सरदारका रूपमा उल्लेख गरिएका थिए, विशेषगरी आफ्नो युगका मानिसहरूमध्ये।
  3. वा यो अर्थ दिन्छ कि उनीहरू ती व्यक्तिहरूमध्ये सबैभन्दा उत्कृष्ट हुन्, जसको लागि विशेष रूपले उत्कृष्टताको कुनै सामान्य प्रमाण छैन, जस्तै पैगम्बर र खलीफा राशिदीन।
  4. उनीहरू ती व्यक्तिहरूका सरदार हुन् जसले युवावस्थाका विशेषताहरू जस्तै इज्जतदारी, उदारता, र साहस प्रदर्शन गरेका छन्। हदीसमा "युवावस्था" भन्नाले उमेरलाई जनाइएको छैन, किनभने हसन र हुसैनको निधन अधबैंसे अवस्थामा भएको थियो।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया फ्रान्सेली रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी
अनुवादहरू हेर्नुहोस्