+ -

عَنْ ‌أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَيُحِبُّ أَحَدُكُمْ إِذَا رَجَعَ إِلَى أَهْلِهِ أَنْ يَجِدَ فِيهِ ثَلَاثَ خَلِفَاتٍ عِظَامٍ سِمَانٍ؟» قُلْنَا: نَعَمْ. قَالَ: «فَثَلَاثُ آيَاتٍ يَقْرَأُ بِهِنَّ أَحَدُكُمْ فِي صَلَاتِهِ خَيْرٌ لَهُ مِنْ ثَلَاثِ خَلِفَاتٍ عِظَامٍ سِمَانٍ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 802]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ? हामीले भन्यौं: अवश्य! नै चाहन्छौं, उहाँले भन्नुभयो: "तिमीहरू मध्ये कसैले आफ्नो नमाजमा तीनवटा श्लोकहरू पढ्नु, उसको लागि तीनवटा ठूला, मोटो र गाभिन ऊँटहरू भन्दा राम्रो हो ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 802]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट पार्नुभएको छ कि नमाजमा तीन श्लोकहरू पढ्नु को पुण्य, मानिसले आफ्नो घरमा तीनवटा ठूला, मोटो र गाभिन ऊँटनीहरू पाउनु भन्दा राम्रो हो।

हदीसका केही फाइदाहरू

  1. यस हदीसले नमाजमा कुर्आन वाचनको महत्व दर्शाउँछ ।
  2. असल कर्महरू संसारका नाशवान् सुखभोगभन्दा उत्तम र चिरस्थायी हुन्छन्।
  3. यो पुण्य केवल तीन श्लोक पढ्नुमा सीमित छैन, बरु, जसले नमाजमा जति धेरै श्लोकहरू पढ्छ, उसको पुण्य त्यति नै बढ्दै जान्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप