عَنِ ‌ابْنِ عَبَّاسٍ رَضِيَ اللهُ عَنْهُمَا قَالَ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَليهِ وَسَلَّمَ لا يَعْرِفُ فَصْلَ السُّورةِ حَتَّى تَنْزِلَ عَليْهِ {بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ}.

[صحيح] - [رواه أبو داود] - [سنن أبي داود: 788]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
"नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सूरहको अन्त्य र शुरुआत तबसम्म थाहा पाउनु भएन, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएन।"

[सही] - [अबू दाऊदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 788]

व्याख्या

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अनहुमा)ले स्पष्ट पारेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुर्आनका सूरहहरू अवतरित गरिन्थ्यो, तर उहाँलाई एउटा सूरहको अन्त्य र अर्को सूरहको शुरुआत भएको थाहा हुँदैनथ्यो, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएको थिएन। त्यस अवतरण पछि उहाँलाई अघिल्लो सूरह सकिएको र नयाँ सूरह शुरु भएको थाहा हुन थाल्यो।"

हदीसका केही फाइदाहरू

  1. सूरह "अन्फाल" र सूरह "तौबा" बाहेकका सूरहहरूमा "बिस्मिल्लाह" द्वारा अघिल्लो सूरह समाप्त भएको र नयाँ सूरह सुरु भएको थाहा पाइन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)
थप