हदीसहरूको सूची

यो कुर्आनलाई निरन्तर सम्हाली राख। अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, यो कुरआन (स्मरणबाट) बाँधिएको ऊँटभन्दा अझ चाँडो फुत्कन्छ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।
عربي الإنجليزية الأوردية
आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।
عربي الإنجليزية الأوردية
जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।
عربي الإنجليزية الأوردية
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
عربي الإنجليزية الأوردية
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ
عربي الإنجليزية الأوردية
कुर्आन पढ्ने मुमिनको उदाहरण बिमिरो जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ र स्वाद पनि मिठो हुन्छ । कुर्आन नपढ्ने मुमिनको उदाहरण खजूर जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन, तर स्वाद मिठो हुन्छ
عربي الإنجليزية الأوردية
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।
عربي الإنجليزية الأوردية
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।
عربي الإنجليزية الأوردية
जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको अन्तिम दश आयातहरू।
عربي الإنجليزية الأوردية