हदीसहरूको सूची

यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो भाग्छ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसले कुरआन आफैं सिक्छ र अरूलाई सिकाउँछ ।
عربي अंग्रेजी उर्दू
आफ्ना घरहरूलाई चिहानमा परिणत नगर, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।
عربي अंग्रेजी उर्दू
जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा श्लोकहरू पढ्छ, त्यो उसको लागि पर्याप्त हुन्छन् ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र १ पुण्यलाई दश गुणा दिइन्छ
عربي अंग्रेजी उर्दू
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा विभाजित गरेको छु र मेरो दासले जे मागेको छ त्यही छ
عربي अंग्रेजी उर्दू
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ, पढ्दै गर्नुहोस् र माथि बढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस् । तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।
عربي अंग्रेजी उर्दू
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (पद) सबैभन्दा ठूलो छ ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मलाई छातीमा हिर्काउनुभयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिमीलाई यो ज्ञानको शुभकामना छ है ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।
عربي अंग्रेजी उर्दू