عَن أَبي مُوْسى الأَشْعريِّ رضي الله عنه قال: قال رسولُ اللهِ صلى اللهُ عليه وسلم:
«مَثَلُ الْمُؤْمِنِ الَّذِي يَقْرَأُ الْقُرْآنَ كَمَثَلِ الْأُتْرُجَّةِ، رِيحُهَا طَيِّبٌ وَطَعْمُهَا طَيِّبٌ، وَمَثَلُ الْمُؤْمِنِ الَّذِي لَا يَقْرَأُ الْقُرْآنَ كَمَثَلِ التَّمْرَةِ، لَا رِيحَ لَهَا وَطَعْمُهَا حُلْوٌ، وَمَثَلُ الْمُنَافِقِ الَّذِي يَقْرَأُ الْقُرْآنَ مَثَلُ الرَّيْحَانَةِ، رِيحُهَا طَيِّبٌ وَطَعْمُهَا مُرٌّ، وَمَثَلُ الْمُنَافِقِ الَّذِي لَا يَقْرَأُ الْقُرْآنَ كَمَثَلِ الْحَنْظَلَةِ، لَيْسَ لَهَا رِيحٌ وَطَعْمُهَا مُرٌّ».
المزيد
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"कुर्आन पढ्ने मुमिनको उदाहरण बिमिरो जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ र स्वाद पनि मिठो हुन्छ । कुर्आन नपढ्ने मुमिनको उदाहरण खजूर जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन, तर स्वाद मिठो हुन्छ । कुर्आन पढ्ने मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण 'रैहान' (तुलसी) जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ, तर स्वाद तितो हुन्छ । कुर्आन नपढ्ने पाखण्डीको उदाहरण 'इन्द्रायण ' (करेला जात को फर्सी जस्तै आकारको फल) जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन र उसको स्वाद पनि करेला जस्तो तितो हुन्छ ।"