+ -

عَنْ كَعْبِ بْنِ عُجْرَةَ رضي الله عنه عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مُعَقِّبَاتٌ لَا يَخِيبُ قَائِلُهُنَّ -أَوْ فَاعِلُهُنَّ- دُبُرَ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ، ثَلَاثٌ وَثَلَاثُونَ تَسْبِيحَةً، وَثَلَاثٌ وَثَلَاثُونَ تَحْمِيدَةً، وَأَرْبَعٌ وَثَلَاثُونَ تَكْبِيرَةً».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 596]
المزيــد ...

काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 596]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजपछि अज्कार (प्रार्थना) पढ्नेहरू कहिल्यै हानी, असफलता वा पछुतोमा पर्ने छैनन् र तिनीहरुले पुण्य पाउनेछन् भनेर स्पष्ट पार्नुभएको छ, ती हुन्:
"सुब्हानल्लाह" ३३ चोटि, अर्थात् अल्लाह सबै कमी र अवगुणबाट पवित्र हुनुहुन्छ ।
"अल-हम्दु लिल्लाह " ३३ चोटि, अर्थात् अल्लाहको सम्पूर्ण पूर्णता, उहाँप्रतिको प्रेम र महिमासहित उहाँको प्रशंसा गर्नु हो।
"अल्लाहु अकबर" ३४ चोटि, अर्थात अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. यसबाट तस्बीह (सुब्हानल्लाह), तहमीद (अल-हम्दु लिल्लाह) र तक्बीर (अल्लाहु अकबर) पढ्ने सद्गुण प्रस्ट हुन्छ, किनभने यी नै बाँकी रहने पुण्य कर्महरू हुन्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप