عن أبي هريرة رضي الله عنه: أن رسول الله صلى الله عليه وسلم قال:
«لَا تَجْعَلُوا بُيُوتَكُمْ مَقَابِرَ، إِنَّ الشَّيْطَانَ يَنْفِرُ مِنَ الْبَيْتِ الَّذِي تُقْرَأُ فِيهِ سُورَةُ الْبَقَرَةِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 780]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 780]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा नमाज पढ्न प्रेरित गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जसमा कसैले प्रार्थना गर्दैन ।
त्यसपछि उहाँले भन्नुभयो, वास्तवमा शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।

हदीसका केही फाइदाहरू

  1. घरमा इबादतहरूको धेरै भन्दा धेरै गर्ने र नफिल नमाज पढ्ने कुराको प्रोत्साहन गरिएको छ।
  2. कब्रिस्तान (चिहान) मा जनाजा (अन्त्येष्टि) को नमाज बाहेक अन्य नमाज पढ्न पाइँदैन किनभने यो शिर्क, पाखण्ड र चिहानमा गाडिएका मानिसहरूको बारेमा व्यर्थको (बढाइचढाइ) को माध्यम हो ।
  3. कब्रिस्तान (चिहान) नजिक नमाज पढ्न निषेध गरिएको तथ्य सहाबाहरू बीच स्थापित भएको हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप