+ -

عن أبي هريرة رضي الله عنه: أن رسول الله صلى الله عليه وسلم قال:
«لَا تَجْعَلُوا بُيُوتَكُمْ مَقَابِرَ، إِنَّ الشَّيْطَانَ يَنْفِرُ مِنَ الْبَيْتِ الَّذِي تُقْرَأُ فِيهِ سُورَةُ الْبَقَرَةِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 780]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 780]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा नमाज पढ्न प्रेरित गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जसमा कसैले प्रार्थना गर्दैन ।
त्यसपछि उहाँले भन्नुभयो, वास्तवमा शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।

हदीसका केही फाइदाहरू

  1. घरमा इबादतहरूको धेरै भन्दा धेरै गर्ने र नफिल नमाज पढ्ने कुराको प्रोत्साहन गरिएको छ।
  2. कब्रिस्तान (चिहान) मा जनाजा (अन्त्येष्टि) को नमाज बाहेक अन्य नमाज पढ्न पाइँदैन किनभने यो शिर्क, पाखण्ड र चिहानमा गाडिएका मानिसहरूको बारेमा व्यर्थको (बढाइचढाइ) को माध्यम हो ।
  3. कब्रिस्तान (चिहान) नजिक नमाज पढ्न निषेध गरिएको तथ्य सहाबाहरू बीच स्थापित भएको हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप