+ -

عَنْ سَعْدِ بْنِ أَبِي وَقَّاصٍ رضي الله عنه عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ قَالَ:
«مَنْ قَالَ حِينَ يَسْمَعُ الْمُؤَذِّنَ أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، وَأَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، رَضِيتُ بِاللهِ رَبًّا وَبِمُحَمَّدٍ رَسُولًا، وَبِالْإِسْلَامِ دِينًا، غُفِرَ لَهُ ذَنْبُهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 386]
المزيــد ...

साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले मुअज्जिन (अजान) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बन् व बि मुहम्मदिन् रसूलन् व बिल्-इस्लामि दीनन्’ उसका पापहरू क्षमा हुनेछन् ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 386]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मुअज्जिनले अजान दिएको सुनेपछि भन्छ : "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु” अर्थ: म पुष्टि गर्दछु, स्वीकार गर्दछु र गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैनन् र उहाँ बाहेक अन्य सबै देवताहरू मिथ्या हुन् । "व अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु" अर्थ: मुहम्मद अल्लाहको भक्त हुनुहुन्छ, जसको पूजा गर्न सकिदैन र उहाँ अल्लाहको रसूल हुनुहुन्छ, जसलाई झुठो भन्न सकिदैन भनेर स्वीकार गर्दछु । "रजीतु बिल्लाहि रब्बन्" अर्थ: म अल्लाहसँग पालनकर्ता, पूज्य र उहाँका नाम र गुणहरूद्वारा उहाँसंग सन्तुष्ट छु । "व बि मुहम्मदिन् रसूलन्" अर्थ: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई जुन कुराहरू दिएर पठाइयो र उहाँले हामीलाई जे तबलीग गर्नुभयो ती सबैलाई म स्वीकार गर्दछु । "व बिल्-इस्लामि" अर्थ: आदेश र निषेध सहित इस्लामका सम्प्रापूर्वण धानहरुलाई स्वीकार गर्दछु । "दीनन्" अर्थ: विश्वास र समर्पणका साथ । "उनका पापहरू क्षमा हुनेछन्," अर्थ: साना पापहरू ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सर्बियाई सोमाली रोमानियन चेक मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अजान सुन्दा यो दुआ पढियो भने उसका पापहरू पखालिने छन् ।