عَنْ جَابِرِ بْنِ عَبْدِ اللَّهِ رضي الله عنهما أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ قَالَ حِينَ يَسْمَعُ النِّدَاءَ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ، حَلَّتْ لَهُ شَفَاعَتِي يَوْمَ القِيَامَةِ».
[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 614]
المزيــد ...
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो:
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ
(हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस्, र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो), उसलाई कियामतको दिन मेरो शफाअत प्राप्त हुनेछ ।
[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 614]
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट रूपमा बताउँछन् कि जो पनि अज़ानको समाप्ति पछि यो शब्द उच्चारण गर्छ:
"हे अल्लाह! (اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ) यो आह्वानका पालनकर्ताहरूका पालनकर्त्ता!
यो पूर्ण र सम्पूर्ण आह्वान, (التَّامَّةِ) जसले तौहीद (एकेश्वरवाद) र पैगम्बरीको सन्देशलाई प्रकट गर्छ। साथै, यो स्थायी नमाज (وَالصَّلاَةِ القَائِمَةِ) जसको स्थापना गरिनेछ।
तपाईं मुहम्मदलाई (مُحَمَّدًا الوَسِيلَةَ) वसीला प्रदान गर्नुहोस्, जुन स्थान केवल उहाँलाई मात्र शोभा दिन्छ। उहाँलाई (وَالفَضِيلَةَ) फजीलत प्रदान गर्नुहोस्।
उहाँलाई त्यो (مَقَامًا مَحْمُودًا) महिमित स्थान प्रदान गर्नुहोस्, जुन दिन कियामतमा सबैले प्रशंसा गर्नेछन्। यो स्थान तपाईंले उहाँलाई आफ्नो वचनअनुसार प्रदान गर्नु हुनेछ: {आशा छ, तपाईंको पालनकर्ताले उहाँलाई महिमित स्थानमा स्थापित गर्नु हुनेछ}।"
जसले यो दुआ पढ्छ, कियामतको दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सिफारिस पाउन निश्चित हुन्छ।