عَنْ أَبِي سَعِيدٍ الخُدْرِيَّ رَضِيَ اللَّهُ عَنْهُ -وَكَانَ غَزَا مَعَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ ثِنْتَيْ عَشْرَةَ غَزْوَةً- قَالَ: سَمِعْتُ أَرْبَعًا مِنَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَأَعْجَبْنَنِي، قَالَ:
«لاَ تُسَافِرِ المَرْأَةُ مَسِيرَةَ يَوْمَيْنِ إِلَّا وَمَعَهَا زَوْجُهَا أَوْ ذُو مَحْرَمٍ، وَلاَ صَوْمَ فِي يَوْمَيْنِ: الفِطْرِ وَالأَضْحَى، وَلاَ صَلاَةَ بَعْدَ الصُّبْحِ حَتَّى تَطْلُعَ الشَّمْسُ، وَلاَ بَعْدَ العَصْرِ حَتَّى تَغْرُبَ، وَلاَ تُشَدُّ الرِّحَالُ إِلَّا إِلَى ثَلاَثَةِ مَسَاجِدَ: مَسْجِدِ الحَرَامِ، وَمَسْجِدِ الأَقْصَى، وَمَسْجِدِي هَذَا».
المزيد
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, (उनी १२ वटा युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए) उनले भने : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट चारवटा कुरा सुनेको छु, जुन मलाई धेरै मन पर्छ, उहाँले भन्नुभएको छ :
कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम (विवाह गर्न नमिल्ने पुरुष नातेदार) बिना गर्नु हुँदैन।
त्यसैगरी, ईद-उल-फित्र र ईद-उल-अज्हाको दिन रोजा(उपवास) बस्न निषेध गरिएको छ।
यसका साथै, फज्रको नमाजपछि सूर्योदय नभएसम्म र अस्रको नमाजपछि सूर्यास्त नभएसम्म कुनै पनि अतिरिक्त नमाज पढ्नु हुँदैन।
धार्मिक यात्रा केवल निम्न तीन मस्जिदहरूको लागि मात्र गर्न सकिन्छ: मस्जिद अल-हराम (मक्का), मस्जिद अल-अक्सा, र मेरो यो मस्जिद (मस्जिद अन-नबवी, मदिना)।