+ -

عَنْ أَبِي سَعِيدٍ الخُدْرِيِّ رضي الله عنه قَالَ: خَرَجَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي أَضْحَى أَوْ فِطْرٍ إِلَى المُصَلَّى، فَمَرَّ عَلَى النِّسَاءِ، فَقَالَ:
«يَا مَعْشَرَ النِّسَاءِ، تَصَدَّقْنَ، فَإِنِّي أُرِيتُكُنَّ أَكْثَرَ أَهْلِ النَّارِ» فَقُلْنَ: وَبِمَ يَا رَسُولَ اللَّهِ؟ قَالَ: «تُكْثِرْنَ اللَّعْنَ، وَتَكْفُرْنَ العَشِيرَ، مَا رَأَيْتُ مِنْ نَاقِصَاتِ عَقْلٍ وَدِينٍ أَذْهَبَ لِلُبِّ الرَّجُلِ الحَازِمِ مِنْ إِحْدَاكُنَّ»، قُلْنَ: وَمَا نُقْصَانُ دِينِنَا وَعَقْلِنَا يَا رَسُولَ اللَّهِ؟ قَالَ: «أَلَيْسَ شَهَادَةُ المَرْأَةِ مِثْلَ نِصْفِ شَهَادَةِ الرَّجُلِ» قُلْنَ: بَلَى، قَالَ: «فَذَلِكِ مِنْ نُقْصَانِ عَقْلِهَا، أَلَيْسَ إِذَا حَاضَتْ لَمْ تُصَلِّ وَلَمْ تَصُمْ» قُلْنَ: بَلَى، قَالَ: «فَذَلِكِ مِنْ نُقْصَانِ دِينِهَا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 304]
المزيــد ...

अबू सईद खुदरी (रज़ियल्लाहु अन्हु)ले वर्णन गर्नुभएको छ कि अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ईद-अल-अजहा वा ईद-अल-फित्रको दिन नमाजको स्थान (मुसल्ला) तर्फ जानुभयो। यस क्रममा जब उहाँ महिलाहरूको नजिक पुग्नुभयो, तब उहाँले भन्नुभयो:
"हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे अल्लाहका रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा हुँदैन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 304]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ईदको दिन मुसल्ला( नमाज स्थल)तर्फ निस्किनुभयो। उहाँले महिलाहरूलाई वचन दिनुभएको थियो कि उहाँ तिनीहरूलाई अलग्गै उपदेश दिनुहुन्छ, र त्यो दिन उहाँले आफ्नो वचन पूरा गर्नुभयो। हे महिलाहरू! दान गर र धेरै मात्रामा इस्तिग़फार (अल्लाहसँग क्षमायाचना) गर, किनकि यी दुई (दान र क्षमायाचना) पाप माफ गराउने महान् कारण हुन्। मैले इसराको रात तिमीहरूलाई नरकका अधिकांश बासिन्दा देखेको छु।
त्यस बेला तीमध्ये एक विवेकी, समझदार र सम्मानित महिलाले भनिन्: "हे अल्लाहका रसूल! किन हामी नरकका अधिकांश बासिन्दा हौं?
उहाँले भन्नुभयो: ती कारणले: तिमीहरू धेरै श्राप र गाली दिन्छौ, र आफ्ना पतिको अधिकारलाई अस्वीकार गर्छौ। पछि नबी सल्लल्लाहु अलैहि वसल्लमले तिनीहरूको वर्णन गर्दै भन्नुभयो: "मैले बौद्धिक र धार्मिक रूपमा केही कमी भएका व्यक्तिहरूलाई तिमीहरूजस्तो देखेको छैन, जसले विवेकशील, बुद्धिमान, सावधान र आफ्नो मामिलामा दृढ व्यक्तिलाई प्रभावमा पार्न सक्छ।"
उनले भनिन्: हे अल्लाहका रसूल! हाम्रो बुद्धि र धर्मको कमी के हो?
जहाँसम्म बुद्धिको कमीको कुरा छ, दुई महिलाको गवाही एक पुरुषको गवाही बराबर हुन्छ; यही बुद्धिको कमी हो। र जहाँसम्म धर्मको कमीको कुरा छ, यो धार्मिक कार्यको कमी हो, किनभने महिनावारीका कारण महिलाहरू केही दिन र रात नमाज पढ्दैनन् र रमजानका केही दिन रोजा बस्दैनन् , यही धर्मको कमी हो। तर यसमा उनीहरूको कुनै दोष छैन, न त यसका लागि उनीहरूलाई सजाय दिइनेछ। किनभने यो त प्राकृतिक संरचनाको हिस्सा हो, जस्तै मानिसलाई धनको प्रेम र आफ्नो काममा चाँडो निर्णय गर्ने प्रवृत्ति र अज्ञानताका साथ जन्म दिइन्छ, तर यस बारेमा चेतावनी दिइएको छ, ताकि महिलाहरूको कारण हुने प्रलोभनबाट सचेत रहन सकियोस्।

हदीसका केही फाइदाहरू

  1. महिलाहरूलाई ईदको नमाजका लागि बाहिर जानु उपयुक्त छ, र तिनीहरूलाई विशेष उपदेश दिनु पर्छ।
  2. "पति (अथवा जीवनसाथी) को कृतघ्नता र अधिक श्राप दिने व्यवहार ठूलो पाप (कबिरा गुनाह) हो, किनभने नरकको चेतावनी दिइनु पापको ठूलो हुनुको संकेत हो।"
  3. "यसमा ईमानको बृद्धि र कमीको व्याख्या छ, जसको इबादतमा वृद्धि हुन्छ, उसको ईमान र धर्ममा वृद्धि हुन्छ, र जसको इबादतमा कमी हुन्छ, उसको धर्ममा कमी हुन्छ।
  4. इमाम नववीले भन्नुभएको छ: बुद्धि बृद्धि र कमी दुवै स्वीकार्छ, ईमान पनि त्यस्तै हो। तर महिलाहरूमा भएको कमीको उल्लेखले तिनीहरूलाई दोष दिन उद्देश्य होइन, किनभने यो त प्राकृतिक संरचना हो। तर यसलाई उल्लेख गर्ने उद्देश्य तिनीहरूबाट उत्पन्न हुन सक्ने प्रलोभनको चेतावनी हो। त्यसकारण, जुन कृत्यहरू (जस्तै कृतघ्नता आदि) उल्लेख गरिएको छ, तिनीहरूका लागि सजाय तोकिएको छ, न कि तिनीहरूको प्राकृतिक कमीका लागि। साथै, धर्मको कमी सधैं पापसँग मात्र सम्बन्धित छैन।
  5. यसमा विद्यार्थीले ज्ञानी व्यक्तिलाई वा अनुयायीले आफ्नो मार्गदर्शकलाई कुनै कुरा स्पष्ट नभएको अवस्थामा सोधपुछ गर्न सक्ने कुरा समावेश छ।
  6. यसले देखाउँछ कि महिलाको गवाही पुरुषको गवाहीको आधा मानिन्छ, र यसको कारण उनीहरूले स्मरण शक्तिलाई नियन्त्रण गर्ने क्षमतामा कमी हुनु हो।
  7. इब्न हजरले हदीसको वचन "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" को बारेमा भन्नुभएको छ कि यस वचनले महिलाहरू नरकका वासिन्दा बढी हुने कारणहरू मध्ये एकलाई प्रकट गर्दछ।
  8. उनका अनुसार, जब महिलाहरूको कारणले बुद्धिमान र गम्भीर पुरुषहरूको सोच र विवेक बिग्रन्छ, र तिनीहरू यस्तो काम वा कुरा गर्छन् जुन अनुचित छ, तिनीहरूले यस पापमा पुरुषसँग भाग लिन मात्र होइन, अझ बढी पापको भागीदार बन्छन्।
  9. महिनावारीको समयमा महिलाहरूलाई नमाज र रोजा गर्न मनाही छ। यसै गरी प्रसूति अवस्थामा, त्यसपछि शुद्ध भएपछि उनीहरूलाई केवल रोजाको क़ज़ा गर्न आदेश दिइन्छ।
  10. नबी (सल्लल्लाहु अलैहि व सल्लम)को उत्तम चरित्रको प्रमाण, उहाँले महिलाहरूका प्रश्नहरूलाई बिना कुनै कठोरता वा दोषारोपणको शान्तिपूर्वक उत्तर दिनुभयो।
  11. इब्न हजरले भनेका छन्: सद्काले सजायलाई टाढा पार्दछ, र यसले प्राणीहरूबीच भएका पापहरूलाई क्षमा गर्न सक्छ।
  12. इमाम नववी भन्छन्: महिलाहरूमा धर्मको कमी तिनीहरूको महिनावारीको समयमा नमाज र रोजा छोड्नुका कारण हुन्छ; जसले धेरै उपासना गर्छ, उसको ईमान र धर्म बढ्छ, र जसले कम उपासना गर्छ, उसको धर्ममा कमी आउँछ। धर्मको कमी कहिलेकाहीं पापजन्य पनि हुन सक्छ, जस्तो कि जब कुनै व्यक्तिले बिना कुनै औचित्य (जस्तै बिरामी हुनु वा यात्रा गर्नु आदि) अनिवार्य उपासनाहरू जस्तै नमाज, रोजा, वा अन्य कुनै अनिवार्य इबादतहरू छोड्छ। र कहिलेकाहीं पापमुक्त पनि हुन सक्छ, जस्तो कि जब कुनै व्यक्तिले बिना कुनै औचित्य जुम्मा नमाज, जिहाद, वा अन्य कुनै कार्य छोड्छ, जुन उसमाथि अनिवार्य हुदैन र कहिलेकाहीं आवश्यक हुन सक्छ, जस्तै महिनावारीको समयमा महिलाहरूले नमाज र रोजा छोड्नु। यसमा उनीहरू पापी हुँदैनन्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी الجورجية
अनुवादहरू हेर्नुहोस्
थप