+ -

عَنْ بُرَيْدَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ حَلَفَ بِالْأَمَانَةِ فَلَيْسَ مِنَّا».

[صحيح] - [رواه أبو داود وأحمد] - [سنن أبي داود: 3253]
المزيــد ...

बुरैदह (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ:
" जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन। "

[सही] - [अबू दाउद र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 3253]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले अमानत को नाममा शपथ खानुबाट रोक्नुभएको छ र यसको बारेमा चेतावनी दिनुभएको छ र जसले त्यसो गर्छ त्यो हामी (इस्लाम) मध्ये होइन।

हदीसका केही फाइदाहरू

  1. अल्लाह तआलाह बाहेक अरू कसैको नाममा शपथ खानु हराम छ। यसमा अमानातको नाममा शपथ खानु पनि समावेश छ, र यसलाई सानो शिर्क (शिर्के-असगर) मानिन्छ।
  2. अमानतमा आज्ञाकारिता, उपासना, अमानत, सम्पत्ति, र सुरक्षा समावेश छ।
  3. शपथ केवल अल्लाह, वा उहाँका नामहरूमा वा उहाँका गुणहरूमा नै मान्य हुन्छ।
  4. खत्ताबीले भने: यसमा मनाहीको कारण यो हो कि अल्लाह र उहाँका गुणहरूको नाममा शपथ लिन आदेश गरिएको छ। जबकि अमानत अल्लाहका गुणहरूमध्ये होइन, बरु यो उहाँका आदेशहरूमध्ये एक आदेश हो। त्यसैले यसमा मनाही गरिएको छ, किनभने यसले अमानातलाई अल्लाहका नामहरू र गुणहरूसँग समान ठहर गर्ने सम्भावना छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी الجورجية
अनुवादहरू हेर्नुहोस्
थप