عَنْ عُقْبَةَ بْنِ عَامِرٍ رضي الله عنه أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِيَّاكُمْ وَالدُّخُولَ عَلَى النِّسَاءِ» فَقَالَ رَجُلٌ مِنَ الأَنْصَارِ: يَا رَسُولَ اللَّهِ، أَفَرَأَيْتَ الحَمْوَ؟ قَالَ: «الحَمْوُ المَوْتُ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5232]
المزيــد ...
हजरत उक्बा बिन आमिर (रजियल्लाहु अन्हुमा)द्वारा वर्णन छ कि अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो :
"महिलाहरूको घरमा जानबाट जोगिनुहोस्।" एक अन्सारी व्यक्तिले सोधे, "अल्लाहका रसूल, के तपाई महिलाका पतिका आफन्तको बारेमा यही भन्नुहुन्छ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले उत्तर दिनुभयो, "महिलाका पतिका आफन्त भनेको मृत्यु हो।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5232]
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले पराया महिलाहरूसँगको मेलजोलबाट बच्न सचेत गराउनु भएको छ र भन्नु भएको छ: आफूलाई पराया महिलाहरूको घरमा जानआउनबाट जोगाउनु र पराया महिलाहरूलाई पनि आफूनिर आउन नदिनु ।
यो सुनेर एक जना अन्सारीले भने: पति का नातेदारहरू, जस्तै देवर, उसको भतीज, उसको काका र काकाका छोरा र भानिज आदि। अनि यसरी नै ती जससँग विवाह नभएको अवस्थामा उनीहरूका साथ विवाह जायज हुन्थ्यो होला । (को बारेमा तपाईको के विचार छ ? )
नबी सल्लल्लाहु अलैहि वसल्लमले भने: "यसबाट यस्तो डर राख, जस्तो तिमीहरू मृत्युबाट डर राख्छौ!" किनभने नजिकका सम्बन्धी (हामू) संग एकान्तमा हुनु धर्मका लागि फिटना (विनाश) र विनाशको कारण बन्छ। पतिका नजिकका सम्बन्धीहरू, जस्तै उनका भाइहरू, जो उनका पिताहरू र छोराहरू होइनन्, पराई व्यक्तिहरूभन्दा झन् खतरा मानिन्छन्।
किनभने पतिका नजिकका सम्बन्धीले महिलासम्म पुग्न र एकान्तमा बस्न सजिलो पहुँच राख्छन्, जसलाई सामान्यतया नजरअन्दाज गरिन्छ। उनीहरूसँग एकान्तमा रहनु, उनीहरूको पहुँच, र यसमा हुने लापरवाहीले फिटनाको सम्भावना झन् बढी गराउँछ।
यसैले, नजिकका सम्बन्धी संग एकान्तमा हुनु, मृत्युजस्तै घृणास्पद र विनाशकारी ठहर्छ। पराई पुरुषहरू त शंका र सजगता गर्ने विषय हुन्छन्, तर पतिका नजिकका सम्बन्धीहरूलाई सामान्यतः यस मामलामा ध्यान नदिइने भएकाले खतरा झन् गम्भीर हुन्छ।