+ -

عَنِ ابْنِ عَبَّاسٍ رَضِيَ اللَّهُ عَنْهُمَا عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«أَلْحِقُوا الفَرَائِضَ بِأَهْلِهَا، فَمَا بَقِيَ فَلِأَوْلَى رَجُلٍ ذَكَرٍ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6737]
المزيــد ...

इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेको छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"(सम्पत्तिको) निर्धारित हिस्साहरू त्यसका हकदारहरूलाई प्रदान गर, त्यसपछि बाँकी रहेको सम्पत्ति सबैभन्दा निकटतम पुरुष उत्तराधिकारीको हुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6737]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) सम्पत्ति बाँड्ने जिम्मेवारी पाएका व्यक्तिहरूलाई आदेश दिनुभएको छ, उनीहरूले अल्लाहको आदेश र शरीयतअनुसार न्यायपूर्ण तरिकाले बाँडफाँट गर्नुपर्छ। वारिस (सम्पत्तिको हकदार) हरूमध्ये जसका हकहरू कुरआनमा निश्चित गरिएका छन्, उनीहरूलाई तिनका निर्धारित भागहरू प्रदान गर्नुपर्छ—जस्तै: दुई-तिहाइ, एक-तिहाइ, एक-छैटौँ, आधा, एक-चौथाइ र एक-आठौँ भाग। यी निर्धारित भागहरू वितरण गरेपछि बाँकी रहेको सम्पत्ति, मृतकसँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने पुरुष वारिसहरूलाई दिइन्छ र उनीहरूलाई "असबा" भनिन्छ।

हदीसका केही फाइदाहरू

  1. यो हदीस मृतकको सम्पत्ति बाँडफाँड (बिरासत) को आधारभूत नियम हो।
  2. फराइज़ (वंशपरम्परागत भागबन्डा) को बाँडफाँट सुरुमा हकदार वारिसहरूबाट गर्नुपर्छ, अर्थात् जसको लागि अल्लाहले कुरआनमा निश्चित अंश तोकिदिनुभएको छ।
  3. ती अंशहरू बाँडिसकेपछि बाँकी सम्पत्ति ‘असाबा’ अर्थात् नजिकका पुरुष वारिसहरूलाई दिइन्छ
  4. बाँडफाँडको क्रममा नजिकका 'असाबा'लाई प्राथमिकता दिइन्छ; जस्तै, पिता जस्ता नजिकका 'असाबा' मौजुद छन् भने काका जस्ता टाढाका असाबालाई कुनै हिस्सा दिइँदैन।
  5. यदि तोकिएका अंशहरूको बाँडफाँडले नै सारा सम्पति समाप्त भयो भने असाबाका लागि कुनै भाग हुने छैन।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली पुश्तु अल्बेनियन् गुजराती एल्ड्रेया सर्बियाई ताजिक हंगेरी चेक कन्नड युक्रेनी الجورجية المقدونية الخميرية
अनुवादहरू हेर्नुहोस्
थप