عَنْ عَائِشَةَ رضي الله عنها قَالَتْ:
كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَسْتَحِبُّ الْجَوَامِعَ مِنَ الدُّعَاءِ، وَيَدَعُ مَا سِوَى ذَلِكَ.
[صحيح] - [رواه أبو داود وأحمد] - [سنن أبي داود: 1482]
المزيــد ...
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त तर व्यापक एवं गहन अर्थ बोकेका प्रार्थना (दुआ)हरूलाई बढी रुचाउनुहुन्थ्यो र त्यसबाहेक अन्य किसिमका प्रार्थनाहरूलाई त्याग्नुहुन्थ्यो।"
[सही] - [अबू दाउद र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 1482]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त शब्दहरूमा धेरै अर्थ राख्ने, जसमा अल्लाहको प्रशंसा र असल उद्देश्यहरू सामेल हुन्थे र जसले लोक र परलोक दुवैको भलाई समेट्थे, त्यस्ता व्यापक प्रार्थनाहरू (दुआरू) मन पराउनुहुन्थ्यो र यसबाहेक अन्य कुराहरूलाई छोडिदिनुहुन्थ्यो।